कञ्चनपुर : गाउँमा हुलाकी देखेपछि कसको खबर आयो, कसैको चिठ्ठीपत्र आयो कि भनेर कौतुहलता हुने गर्थ्यो। पछिल्लो समय सूचना प्रविधिमा आएको विकाससँगै हुलाक सेवा ओझेलमा परेको छ। हुलाकमार्फत चिठ्ठीपत्र पठाउँदा समय धेरै लाग्ने र मोबाइल, टेलिफोन, इन्टरनेटको प्रयोगबाट पठाउन खोजेको सन्देश क्षणभरमै पुग्ने भएकाले हुलाक सेवा ओझेलमा पर्दै गएको हो।कञ्चनपुरको बेदकोट नगरपालिका–७ का ५६ वर्षीय परमानन्द भट्टले हुलाक सेवा प्रयोग नगरेको डेढ दशक भइसक्यो। विसं २०६० तिर भारतमा रहेका छोराको चिठ्ठी पाएको उनी सम्झि