चलचित्र पत्रकार संघका १८ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेका व्यक्ति नेतृत्वमा आएको भन्दै बिहीबार १८ जना साधारण सदस्य रहेका पत्रकारहरुले राजीनामा दिएका हुन् । काठमाडौंमा बुधबार सम्पन्न नवौं महाधिवेशनबाट अध्यक्षमा समिर बलामी निर्वाचित भएका थिए । बलामीले संघकै सदस्यमाथि यौन दुर्व्यवहार गरेको विषय केही समयअघिमात्रै सार्वजनिक भएको थियो ।