नेपाल समाचारपत्र, काठमाडौं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटमा निजी क्षेत्रले उठाउँंदै आएका समस्या एवम् गुनासोलाई सरकारले सम्बोधन गर्ने बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि निजी क्षेत्रको रायसम्बन्धी नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । निजी क्षेत्रसँगको छलफलका क्रममा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रसँग बलियो सहकार्य गरी मुलुकको आर्थिक विकासमा […]