काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।आइतबार बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानको मौसम सफा रहेको छ। दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। दिउँसो गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशमा राति पनि हिउँ पर्ने सम्भावन