नेपालगञ्ज राति ११ बजेसम्म खुला रहने

नेपालगञ्ज – नेपालगञ्ज बजार अब राति ११ बजेसम्म खुल्ने भएको छ। असार १५ गतेदेखि संचालन हुने ‘स्ट्रीट फुडलेन’लाई मध्यनजर गर्दै राति ११ बजेसम्म बजार खुल्ने भएको हो। नेपालगञ्ज उद्योग वाणिज्य संघ, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेलगायत विभिन्न सरोकारवाला संघसंस्थाको अनुरोधमा जिल्ला प्रशासन कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका र सरोकारवालाबीच आज जिल्ला प्रशासनमा भएको […]

सम्बन्धित सामग्री

दिउँसो चोरे, राति समातिए

नेपालगञ्ज – नेपालगञ्जमा एक घरबाट नौ लाख रुपैयाँ चोरेका तीन जना समातिएका छन्। दिउँसो पैसा चोरेर भागेका उनीहरुलाई राती प्रहरीले होटलबाट समातेको हो। नेपालगञ्ज उपमहानगरपालिका– १, कुर्मीटोलमा गोविन्द बर्माको घरबाट नौ लाख रुपैया चोरेका जुम्लाका दीपक बस्याल, प्रकाश खड्का र केसे सार्की राँझास्थित एक होटलबाट पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए। होटलको […]

बाँकेः बाल सुधार गृहबाट चारजना फरार, हल्ला गर्ने ३३ जनालाई प्रहरीचौकी लगियो

नेपालगञ्ज – जयेन्दु बाल सुधार गृहबाट चार जना भागेको पाइएको छ। राति भागेका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर नेपालगञ्ज र जमुनाहा प्रहरी कार्यालयमा राखेको छ। अहिले सुधार गृहको स्थिति सामान्य भएको छ। सुधार गृहमा होहल्ला गर्ने ३३ जनालाई जमुनाहा र हिरमिनिया प्रहरी कार्यालयमा पठाइएको छ। थप एकजनालाई अस्पताल ल्याइएको छ। अस्पतालमा १० जना पहिलेदेखि नै […]

बाँकेमा राति ९ बजेपछि देउसी भैलो खेल्न रोक

नेपालगञ्ज – बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ। आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। ‘अन्य जिल्लामा लागू गरेको समयलाई हामीले पनि लागू गर्न खोजेका छौँ,’ उनले भने। प्रहरी उपरीक्षक अधिकारीले चाडपर्वका बेला हुने चोरी र सम्भावित […]

जमुनाहा नाका सील, अलपत्र परेकाको उद्धार

नेपालगञ्ज – नेपालगञ्ज नाका मंगलबार राति १२ बजेदेखि सील गरिएको छ। चुनावलाई मध्यनजर गर्दै नाका सील गरिएको हो। भारतीय प्रहरीले नेपाली नागरिकता भएकालाई नेपालतर्फ आउन दिइरहेको छ। नेपाल प्रहरीले आधारकार्ड भएका व्यक्तिलाई भारततर्फ जान दिएको छ। अलपत्र परेका व्यक्तिलाई आउन र जान दिने भनिएको छ। रातिमा नेपालगञ्ज नाकामा आइपुगेका पहाडी जिल्लाका मानिसलाई बिहान आउन दिइएको […]

नेपालगञ्ज विमानस्थल उडान समय थप

नेपालगञ्ज विमानस्थलमा अब राति पनि उडान गर्न पाइने भएको छ। यसअघि साँझ ६ बजेपछि उडान गर्दा विमान कम्पनीले अतिरिक्त उडान शुल्क तिर्नुपर्ने गरेकोमा अब उक्त शुल्क हटाइएको विमानस्थल प्रमुख सुभाष झाले जानकारी दिए।...

नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको विमानमा खरायो ठोक्कियो

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलमा जहाजमा खरायो ठोक्किएको छ। काठमाडौँबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज ल्यान्ड हुने बेलामा खरायो ठोक्किएको हो। घटना राति पौने आठ बजेको हो। बुद्ध एयर, नेपालगञ्जका व्यवस्थापक विनित शाहले जहाज ल्यान्ड हुने क्रममा खरायो ठोक्किएको बताए। जहाजसँग ठोक्किएको खरायोको मृत्यु भएको छ। जहाजमा खरायो ठोक्किएपछि केहीबेर उडान रोकिएको थियो। अहिले उडान सुचारु […]

यसरी भयो राति डकैती गर्न दिनभर चल्ला बेच्ने डाँका समूहको पर्दाफास

नेपालगञ्ज – भारत रुपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्थे। चल्ला बेच्न घरघर पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने ‘रेक्की’ समेत गर्न भ्याउँथे। चल्ला बेच्ने निहुँमा घर, धनसम्पत्ति, पारिवारिक अवस्था बुझेपछि मनिहार आफ्ना भारतीय डाँका साथीसहित राति लुट्न आउने गरेको पाइएको छ। उनीहरु […]

तीन ग्राम ब्राउनसुगरसहित नेपालगञ्ज उपमहानगरपालिकाका गार्ड पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले नेपालगञ्जका कृष्ण जिसीलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ । वीपीचोक नजिकै रहेको जिल्ला शिक्षा इकाई अगाडिबाट प्रहरीले बुधबार बिहान जिसीलाई तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । भूपूआर्मी जिसी नेपालगञ्ज उपमहानगरपालिकाका गार्ड हुन् । उनले राति उपमहानगरपालिकामा डिउटी गरेर त्यही सुतेका थिए । मंगलबार साँझ ५ देखि राति १ बजेसम्म ड्युटी गरेका […]

नेपालगञ्ज उपमहानगरपालिकामा एक साता लकडाउन

काठमाडौं, ८ बैशाख । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीव्ररुपमा फैलिएपछि बाँकको नेपालगञ्ज उपमहानगरपालिकामा आज रातिदेखि १५ गतेसम्मको लागि लकडाउन घोषणा गरिएको छ । उपमहानगरपालिका क्षेत्रमा आज राति १२ बजेदेखि लागुहुने गरी एक हप्ताको लागि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले लकडाउन घोषणा गरेका हुन् । कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँकेमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन […]

नेपालगञ्ज उपमहानगरमा आज रातिबाट एक साता लकडाउन

काठमाडौं : कोरोना संकमण बढ्दै गएपछि लुम्बिनी प्रदेशको बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभरी आज राति १२ बजेदेखि लकडाउन हुने भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), बाँकेले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको थियो। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको थियो। केन्द्रले…