बैतडी : प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत बैतडीमा पनि मतगणना शुरु भएको छ। मतगणना सोमबार अपरान्ह साढे ४ बजेदेखि शुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।सदरमुकामस्थित जिल्ला अस्पतालको नवनिर्मित भवनको दोस्रो तलामा मतगणना थालिएको हो। प्रतिनिधि र प्रदेशसभा प्रत्यक्षको मतगणना शुरु भएको र त्यसपछि समानुपातिकको मतगणना गरिनेछ।मतगणना स्थलमा सीसी क्यामेरा र तारजालीको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।आइतबारको निर्वाचनमा बैतडीमा कुल मतदाता