शहीद दशरथ चन्दको जन्मभूमि बैतडीमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा (एमाले) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । चार पटक मुलुकको कार्यकारी पद सम्हाल्नुभएका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्लासमेत रहेको बैतडीमा उनको पार्टीको अवस्था भने कमजोर छ । सत्ता गठबन्धनबाट बैतडीमा नेकपा (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवर चुनावी मैदानमा रहेका छन् । कुँवरसित एमालेका दामोदर भण्डारीले प्रतिस्पर्धा गर्दै छन् । &nb