अमेरिकाले जुनपछि विश्वभर ८ करोड डोज कोरोना खोप वितरण गर्ने

काठमाडौं।अमेरिकाले यसै महिनाको अन्त्यपछि विश्वभर ८ करोड डोज कोरोना खोप वितरण गर्ने जनाएको छ।ह्वाइट हाउसले वितरण गरिनेमध्ये ७५ प्रतिशत खोप कोभ्याक्स सुविधा अन्तर्गत विभिन्न देशहरुलाई प्रदान गरिने जनाएको छ। पहिलो चरणमा २ करोड ५० लाख डोज खोप अति आवश्यक परेका नेपाल लगायतका देशलाई उपलब्ध गराइने अमेरिकाले जनाएको छ।बाँकी २५ प्रतिशत खोप विशेष अनुरोध गरेका राष्ट्रलाई दिइने छ।

सम्बन्धित सामग्री

‘शुल्क लिई कोरोना खोप उपलब्ध गराउनेमाथि कारबाही हुन्छ’

काठमाडौं। सरकारले कोरोना बिरुद्धको खोप शुल्क तिरेर नलगाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्रअनुसार खोप वितरण भइरहेकोले शुल्क तिरेर खोप नलगाउन अनुरोध गरेका हुन्। उनले पैसा तिरेर खोप किन्न हतार नगर्न अनुरोधसमेत गरेका छन्। शुल्क लिएर खोप उपलब्ध गराउनेलाई कारवाही गरिने उनले बताए।

चीनमा लगाइयो एक अर्ब डोजभन्दा बढी कोरोना खोप

६ असार, काठमाडौं । चीनमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको एक अर्ब डोजभन्दा धेरै खोप वितरण गरिएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार शनिबारसम्ममा चीनमा एक अर्ब डोजभन्दा बढी खोप वितरण गरिएको छ । यसअघि शुक्रबार विश्वभर कोरोना खोपको २ अर्ब ५० करोड डोजभन्दा बढी खोप वितरण भइसकेको थियो । यो तथ्यांकअनुसार अहिलेसम्म विश्वभर […]

अमेरिकाले कोरोना खोप बनाउन आवश्यक कच्चापदार्थमाथिको रोक हटायो

एजेन्सी।अमेरिकाले कोरोना खोप बनाउन आवश्यक पर्ने कच्चापदार्थको भारतमा हुने निर्यातमा लगाएको रोक हटाएको छ।अमेरिकाले जुनपछि विश्वभर ८ करोड डोज कोरोना खोप वितरण गर्ने घोषणासँगै भारतमाथि लगाएको कच्चा पदार्थ निर्यात रोक पनि हटाएको हो।अमेरिकाबाट कच्चा पदार्थ आएसँगै भारतमा खोप उत्पादनमा उल्लेख्य वृद्धि हुने जनाइएको छ।अमेरिकाले नेपाल,भारत लगायत एसियाका १६ देशलाई ७० लाख डोज कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको थियो।

अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख डोज कोरोना खोप वितरण गर्ने

काठमाडौं।अमेरिकाले पहिलो चरणमा आफूसँग रहेका २ करोड ५० लाख डोज कोरोना खोप विश्वका विभिन्न देशलाई वितरण गर्ने भएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले संयुक्त रुपमा खोप वितरणको घोषणा गरेका हुन्। ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिअनुसार अमेरिकाका सहयोगी राष्ट्र, गरिब तथा अतिकम विकसित राष्ट्रलाई खोप उपलब्ध गराइने छ। यसमा नेपाल लगायत राष्ट्रहरुलाई समावेश गरिएको ह्वाइट हाउसले जनाएको छ।

अमेरिकाले जुनपछि विश्वभर ८ करोड डोज कोरोना खोप वितरण गर्ने

काठमाडौं।अमेरिकाले यसै महिनाको अन्त्यपछि विश्वभर ८ करोड डोज कोरोना खोप वितरण गर्ने जनाएको छ।ह्वाइट हाउसले वितरण गरिनेमध्ये ७५ प्रतिशत खोप कोभ्याक्स सुविधा अन्तर्गत विभिन्न देशहरुलाई प्रदान गरिने जनाएको छ। पहिलो चरणमा २ करोड ५० लाख डोज खोप अति आवश्यक परेका नेपाल लगायतका देशलाई उपलब्ध गराइने अमेरिकाले जनाएको छ।बाँकी २५ प्रतिशत खोप विशेष अनुरोध गरेका राष्ट्रलाई दिइने छ।

अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख डोज कोरोना खोप वितरण गर्ने

काठमाडौं।अमेरिकाले पहिलो चरणमा आफूसँग रहेका २ करोड ५० लाख डोज कोरोना खोप विश्वका विभिन्न देशलाई वितरण गर्ने भएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले संयुक्त रुपमा खोप वितरणको घोषणा गरेका हुन्। ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिअनुसार अमेरिकाका सहयोगी राष्ट्र, गरिब तथा अतिकम विकसित राष्ट्रलाई खोप उपलब्ध गराइने छ। यसमा नेपाल लगायत राष्ट्रहरुलाई समावेश गरिएको ह्वाइट हाउसले जनाएको छ।

अमेरिकामा तीव्र आर्थिक वृद्धि हुन्छ : अर्थशास्त्री

एजेन्सी। अमेरिकाका ४९ जना अर्थशास्त्रीहरु त्यहाँको आर्थिक वृद्धिबारे अत्यधिक आशावादी देखिएका छन्। तीव्र गतिमा कोरोना खोप वितरण, रोजागारी वृद्धि र सरकारी सहायताका कारण यो वर्ष विगत चार दशकमै सर्वाधिक आर्थिक वृद्धि हुने उनीहरुले अनुमान गरेका हुन्। नेसनल एसोसिएसन फर बिजनेस इकोनोमिक्सले सोमबार जारी गरेको सर्वेक्षणमा यो वर्ष अमेरिकाको अर्थव्यवस्था ६.५ प्रतिशतले बढ्ने उल्लेख छ। यो १९८४ पछिको सर्वाधिक वृद्धि हो।

कोभ्याक्स फेसिलिटीले यो साता ६ करोड ५० लाख कोरोना खोप वितरण गर्ने

काठमाडौं। राष्ट्रसंघीय बालबालिका कोष (युनिसेफ)ले कोभ्याक्स फेसिलिटीअन्तर्गत यो साता ६ करोड ५० लाख कोरोना खोप वितरण गरिने जनाएको छ। युनिसेफले आज एक विज्ञप्ति जारी गर्दै कोरोनाबाट पछिल्लो समय अति प्रभावित भारत, नेपाललगायत दक्षिण एसियाली राष्ट्रलाई खोपको अतिनै आवश्यकता रहेको जनाएको छ। विज्ञप्तिमा कुन देशलाई कति खोप प्रदान गरिनेछ भन्ने केही खुलाइएको छैन।

कोभ्याक्स फेसिलिटीले ६ करोड ५० लाख खोप वितरण गर्ने, नेपाल उच्च प्राथमिकतामा

काठमाडौं। राष्ट्र संघीय बालबालिका कोष (युनिसेफ)ले कोभ्याक्स फेसिलिटीअन्तर्गत यो साता ६ करोड ५० लाख कोरोना खोप वितरण गरिने जनाएको छ। युनिसेफले आज एक विज्ञप्ति जारी गर्दै कोरोनाबाट पछिल्लो समय अति प्रभावित भारत, नेपाललगायत दक्षिण एसियाली राष्ट्रलाई खोपको अतिनै आवश्यकता रहेको जनाएको छ। कोरोनाका कारण नेपाल, श्रीलंका, माल्दिभ्स, अर्जेन्टिना र ब्राजिलको स्वास्थ्य प्रणाली नै धरमराएको विज्ञप्तिमा उल्लेख छ।

कोरोना खोप आज सातै प्रदेशका भण्डारण केन्द्रमा पुर्‍याइने

११ माघ, काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातवटै प्रदेशका भण्डारण केन्द्रमा पुर्‍याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा खोप वितरण गरिने छ । त्यसपछि पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । सम्भवतः आगामी बुधबारदेखि नै खोप […]