नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यक्तित्वमा माओवादी केन्द्र टिकेको र प्रचण्ड नभएको दिन माओवादी पार्टी पनि बाँकी नरहने टिप्पणी गरेका छन् ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले काठमाडौं मूलपानीमा आयोजना गरेको महाधिवेशनको सन्देश सम्प्रेषण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले माओवादीभित्र प्रचण्डपछि नेतृत्व लिने व्यक्ति नै नभएको बताए ।
‘माओवादी भनेको प्रचण्डको व्यक्तित्वमा टिकेको आन्दोलन हो । जुन दिन प्रचण्ड सिद्धिन्छन्, त्यसदिन माओवादी पनि सिद्धिन्छ...