रामेछाप – नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाेमा कमलरी बस्न गएको आरोप लगाउनुभएकाे छ । प्रेस चौतारी नेपाल रामेछापले आइतवार रामेछापको सदरमुकाम मन्थलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्ताे आराेप लगाउनुभएकाे हाे । नेता भट्टराईले गठबन्धनको सरकारले नागरिकता विधेयक संसदमा लगेर राष्ट्रिय सहमति बनाउने र सच्याउने अवसर गुमाएको बताउनुभयाे । सरकारले नागरिकता विधेयक संसदमा ...