बंगलादेशमा प्रधानमन्त्री शेख हसिनापछि अब राष्ट्रपति मोहम्मद शहाबुद्दिनको राजीनामा माग गर्दै प्रदर्शन चर्किएको छ । विद्यार्थी आन्दोलनले हिंसात्मक रुप लिएपछि देश छाडेर भागेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको लिखित प्रमाण आफूसँग नरहेको अभिव्यक्ति दिएपछि उनीविरुद्ध प्रदर्शन सुरु भएको हो । बंगलादेशको एक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले प्रधानमन्त्रीबाट हसिनाले राजीनामा दिएको सुने पनि...