उदयपुर – पश्चिमी न्यूनचापीय प्रणाली (वेस्ट्रन्ली डिस्ट्रबेन्स) को शक्तिशाली प्रभावका कारण भारी वर्षासँगै उदयपुरको उत्तरी भेगमा दशकैपछि बाक्लो हिमपात भएको छ। बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको पानीसँगै हिमपात भएको हो। हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ। उदयपुरको उच्च पहाडी क्षेत्रमा हिउँ परेपछि नजिकको तराई फाटदेखि पहाडी भेगमा चिसो बढेको हो। उदयपुरकै सबैभन्दा अग्लो स्थान […]