क्रिकेट टिमका प्रशिक्षक वाटमोर भन्छन्- नेपालको एकदिवसीय मान्यता कामयै राख्न काम गर्नेछु
नेपाली क्रिकेट टिमका प्रशिक्षक डेभ वाटमोरले आफ्नो मुख्य लक्ष्य नेपालको एकदिवसीय मान्यता जोगाउने भएको बताएका छन्।
बुधबार पहिलो पटक नेपाली क्रिकेटको औपचारिक कार्यक्रममा सहभागी हुँदै वाटमोरले नेपालको एकदिवसीय मान्यता कायम राख्न काम गर्ने बताएका हुन्।
नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक २० प्रतिशतले बढाएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय मान्यता रक्षा गरेको र एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुर्याएपछि प्रशिक्षक देसाईको पारिश्रमिक...
नामिबियामा सम्पन्न आईसीसी विश्वकप लिग २ को चार खेल नै जितेर अंक तालिकामा उक्लने नेपालको सपना चकनाचुर भयो । यो प्रतियोगितामा नेपालले यसअघिका कुनै पनि प्रतियोगिताको तुलनामा अत्यन्त खराब प्रदर्शन गर्यो । विश्वकपमा छनोट हुने र एकदिवसीय मान्यता कायम राख्ने लक्ष्यसहित भारतबाट ल्याइएका राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाली क्रिकेटका लागि चाहिएका बेला …
३० असोज, पोखरा । क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाले उमेर हदका कारण आज (आइतबार)देखि अवकाश पाएका छन् । नवौं राष्ट्रिय खेलकुदका क्रममा पोखरामा रहेका उनलाई पोखरा रंगशालामा नेपाल क्रिकेट संघ क्यान र राष्ट्रिय खेलकुद परिषद राखेपका पदाधिकारीले सम्मानसहित विदाइ गरेका छन् । परिषदका स्थायी कर्मचारीले टमाटाले ५८ वर्षको उमेर हदका कारण अवकास पाएका हुन् । […]
काठमाडौं : संभवतः नेपाली क्रिकेटले अहिलेसम्म पाएको सफलताको श्रेयको सर्वाधिक हकदार कोही छ भने ती प्रशिक्षक पुबुदु दासानायके नै हुन्।उनले नेपाली क्रिकेटलाई छोटो समयमा सफलता दिलाउन निर्वाह गरेको भूमिका अतुलनीय थियो। उनले तयार पारेको त्यही विरासतमा नै अहिले नेपाली क्रिकेट एकदिवसीय मान्यता र विश्व क्रिकेटको परिदृश्यमा एसोसिएटेड देशको दाबेदारका रुपमा रहिरहेको छ।उनले ७ वर्षअघि सन् २०१५ मा पहिलो पटक नेपाली टिम छाड्दै गर्दा नेपाली समर्थकमात्र होइन सिंगो खेलकुद जगत नै स्तब्ध बनेको थियो
३ साउन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत स्कटल्यान्डमा भएको शृंखलामा खराब प्रदर्शनपछि स्वदेश फर्किएका राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले नेपालले एकदिवशीय मान्यता कायम राख्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले नेपालले स्कटल्यान्डमा राम्रो प्रदर्शन गर्न नसके पनि नेपाल अझै लिग टुमा शीर्ष तीनको लक्ष्यमा […]