सुदूरपश्चिमका चिस्यान केन्द्र प्रयोगविहीन, सरकारले दिएन भुक्तानी
कृषि उपजको खपतका लागि प्रदेश सरकारले ८८ वटा स्थानीय तहमा चिस्यान केन्द्र निर्माण गर्ने कार्यक्रम बनाए पनि निर्माण सम्पन्न भइसकेका भवनको भुक्तानी नदिँदा प्रयोगविहीन बनेका हुन् ।
धनगढी – सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २०७८ सालमा चिस्यान केन्द्र निर्माण कार्य सुरु गरेको भएपनि अझै निर्माण सम्पन्न हुन सकेका छैनन्। किसानको मागअनुसार आलु, तरकारी र फलफूल भण्डारणका लागि सुदूरपश्चिम सरकारले प्रदेशका बिभिन्न जिल्लामा १३ वटा चिस्यान केन्द्र निर्माण गर्न २०७७ सालमा ५ करोड बजेट छुट्याएको थियो। मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयमार्फत […]
रामेछाप – करोडौँकाे लागतमा बने पनि रामेछापकाे चिस्यान केन्द्र सञ्चालनमा आएकाे छैन । रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा करोडौँको लागतमा बनेको चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन ।
निर्माण सम्पन्न भएको डेढ वर्ष पुगिसक्दा पनि बाग्मती प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तान्तरण नगरेकाले सञ्चालन हुन नसकेको मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठ बताउनुहुन्छ । जिल्लामा उत्पादन हुने जुनार, सुन्तला आलु, किबीलगायतका विभिन्न फलफूल तथा तरकारी भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएको चिस्यान केन्द्र गएको वर्ष नै सञ्...
दाङको दंगीशरण गाउँपालिकाले निर्माण गरेको चिस्यान केन्द्र पानीमाथि तैरिन्छ। निर्माण पूरा भएको एक वर्षमै पानीमाथि तैरिन थालेपछि त्यो चिस्यान केन्द्र प्रयोगमा आएको छैन। जमिन मुनीको पानीले चिस्यान केन्द्रलाई नै माथि...
कर्णालीका १० जिल्लामा स्थापना भएका चिस्यान केन्द्र विद्युत अभावमा सञ्चालनमा आउन सकेका छैनन् । सबै ठाउँमा विद्युत पहुँच नपुग्दा कोल्डस्टोर (चिस्यान केन्द्र) सञ्चालनमा आउन मुस्किल भएको हो । रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा सञ्चालित कर्णाली डेबरेज चिस्यान केन्द्र (कोल्डस्टोर) सञ्चालनमा पनि कठिनाइ भएको छ । कर्णाली डेबरेज इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित कोल्डस्टोर चालु आर्थिक वर्षदेखि सञ्चालनमा आएको […]
काठमाडौँ,११ माघ । गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा एक सय तीस मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न भएको छ । व्यास नगरपालिका–११ स्थित गैह्रबारीमा तीन रोपनी सार्वजनिक जग्गामा रू एक करोड ६२ लाख ३२ हजार दुई सय ६४ को लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । वषौँंदेखि व्यक्तिले कब्जा गरी भोगचलान […]
पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वतलगायत जिल्लाका किसानको कृषिउपज भण्डारण गर्न निर्माण सुरु गरिएको चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र छ । तानसेन नगरपालिका–७ बाघखोरमा दुई वर्षमा सक्ने गरी निर्माण सुरु भएको चिस्यान केन्द्रको १० वर्षमा २७ प्रतिशत मात्र काम सकिएको छ ।तेत्तीस फिट अग्लो, २६ मिटर लम्बाइ र १४ मिटर चौडाइको चिस्यान केन्द्र, दुई हजार टन कृषिउपज राख्न सकिने क्षमताको छ । भारतीय राजदूतावासको सहयोगमा निर्माण थालिएको हो । रु चार करोड ९९ लाख ९१ हजार नौ सय पाँचमा सम्झौता भएको
रामेछाप- मन्थलीमा निर्माणाधीन जिल्लाकै एकमात्र चिस्यान केन्द्र अलपत्र बनेपछि यहाँका किसानहरू चिन्तित बनेका छन् । तरकारी तथा फलफूल उत्पादक किसानहरूलाई लक्षित गरेर रामेछापको सदरमुकाम मन्थलीमा निर्माणाधीन तरकारी तथा फलफूल चिस्यान केन्द्र समयमै निर्माण सम्पन्न नहुँदा अलपत्र परेको हो । मन्थली नगरपालिका–१ सानीमदौमा निर्माणाधीन चिस्यान केन्द्र निर्माण अवधि सकिएको लामो सयम बितिसक्दा पनि अलपत्र भएपछि यहाँका […]
रामेछाप – प्रदेश सरकारबाट हस्तान्तरण नहुँदा रामेछापको मन्थलीमा निर्माण भएको चिस्यान केन्द्र सञ्चालनमा आउन ढिलाइ भएको छ। बागमती प्रदेश सरकारको रु पाँच करोड र मन्थली नगरपालिकाको रु दुई करोड लागतमा मन्थली नगरपालिका–१ स्थित सानीमदौमा निर्माण भएको सो केन्द्र सञ्चालनमा नआउँदा कृषक चिन्तित भएका छन्। जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गरी बेमौसममा बजारसम्म पुर्याउने उद्देश्यले चिस्यान […]
लमजुङ – लमजुङको राइनास नगरपालिका-५ तिनपिप्लेमा दूग्ध चिस्यान केन्द्र स्थापना भएको छ । दूग्ध विकास सस्थान (डिडिसि)ले जनक विकास सहकारी सस्थाको सहकार्यमा दूग्ध चिस्यान केन्द्र स्थापना गरेको हो । पालिकामा भएको दूध संकलन गरी जिल्लाबाहिर निर्यात गर्ने उद्देश्यले नगरपालिकामा चिस्यान केन्द्र स्थापना गरिएको हो । राइनास नगरपालिकामा पुशपालन र दूध उत्पादनको राम्रो सम्भावना भएको हुँदा […]
कोभिड–१९ रोकथाम प्रतिकार्य तथा खोप अभियान सहयोग कार्यक्रमअन्तर्गत खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि केयर नेपाल र सीएसएसडीको सहकार्यमा शुक्रबार कैलालीका केही स्थानीय तह, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रका लागि विभिन्न सामग्री हस्तान्तरण गरिएको छ । उक्त सामग्री सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्कामार्फत केयर नेपालका सहायक निर्देशक मुना शेर्पाले हस्तान्तण गर्नुभयो । खोप चिस्यान केन्द्र व्यवस्थापनका […]