काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी महाधिवेशन हलबाटै घोषणा गर्ने भएको छ । त्यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गर्नुका साथै निर्वाचन कार्यतालिका संशोधन गरेको छ । शनिबार साँझ तेस्रो पटक सुचारु भएको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका लागि सहमति जुटेको भन्दै आइतबार १ सम्मका लागि बन्दसत्र स्थगित गर्न गरेको प्रस्ताव हलले अनुमोदन गरेको थियो । माओवादी केन्द्रका एक स्थायी