कसो नआउला समाजवाद

यसै हप्ता आठौं संविधान दिवस देशभरि राष्ट्रिय छुट्टी गरेरै मनाइयो । संविधानको एउटा मूल लक्ष्य समाजवाद भनेर लेखिएको छ । तर संविधानमा लेखेर के गर्नु ? समाजवाद हामीलाई निकै महँगो पो भइराछ त । अझ समाजवादले धनीलाई भन्दा गरीबलाई पो रुवाइराछ । दुई–चार वर्ष अघिसम्म त ठीकै थियो । सरकारले भन्थ्यो कि हामीसँग पर्याप्त स्टक छ र यथासमय आवश्यकता अनुसार बजारमा सामान पठाउँछौं । हिजो बजार गुल्जार नै थियो । कुनै पनि पसलमा गएर समाजवाद माग्यो भने उसले तौलेर धेरै थोरै दिन्थ्यो नै । ठूलो प्याकेटदेखि सानासम्म उपलब्ध थियो । देशमा उत्पादन पनि भइरहेको थियो र खपत धेरै थिएन । मन्त्रीहरू पनि भाषण गर्दै हिँड्थे कि ‘हामी समाजवादतर्फ उन्मुख छौं र चाँडै देशबाट निर्यात पनि गर्छौं ।’ माक्र्सले पूँजीवादपछि समाजवाद आउँछ भन्थे । माओले सामन्तवादपछि समाजवाद आउँछ भन्थे । तर हाम्रा समाजवादीले सीधै समाजवाद ल्याउने ट्याक्टिस सिकेजस्ता छन् । अर्थात् नेतृत्व वर्गजति सबैलाई धनी बनाइसकेपछि आउने समाजवाद क्या ! तर हिजोआज समाजवादलाई रोग लागेको हो कि भोग लागेको हो वा षड्यन्त्रमा परेको हो, बत्ती बालेर खोज्दा पनि कतै भेटिइरहेको छैन । समाजवादका ठेकेदारहरूका कार्यालयहरू पनि हिजोआज सुनसान छन् । माक्र्स, लेलिन, स्टालिन र माओका तस्वीरका ठाउँमा व्यापारी र बिचौलियाहरूका फोटा टाँगिएका छन् । सिंहदरबार जो समाजवादका उत्पादन र वितरणको सबैभन्दा ठूलो केन्द्र हो, त्यहाँ पनि मूर्दा शान्ति छ । कसैले समाजवादको माग गर्‍यो भने उसलाई ‘महँगी, भ्रष्टाचार र गरीबी निवारण कसरी गर्ने’ भन्ने भाषणको किताब वा ‘फलानो सरकारको उपलब्धि’ भन्ने किताब थमाइन्छ । हिजोआज समाजवादलाई रोग लागेको हो कि भोग लागेको हो वा षड्यन्त्रमा परेको हो, बत्ती बालेर खोज्दा पनि कतै भेटिइरहेको छैन । समाजवादका ठेकेदारहरूका कार्यालयहरू पनि हिजोआज सुनसान छन् । माक्र्स, लेलिन, स्टालिन र माओका तस्वीरका ठाउँमा व्यापारी र बिचौलियाहरूका फोटा टाँगिएका छन् । मैले समाजवादका एक प्रमुख वितरकलाई सोधेँ, ‘खोइ त समाजवाद कहाँ छ ? अलिकति पाउन सक्छु ?’  उनले भने, ‘शुद्ध समाजवाद त विश्व बजारमै कतै छैन । यहाँ तपाईंलाई कहाँबाट ल्याएर दिम् ?’ मैले फेरि सोधेँ, ‘समाजवाद त सबै तपाईंहरूले चुनावमा मात्र वितरण गर्ने भनेर स्टक लुकाएर राख्नु भा छ रे नि त ?’ उनले भने, ‘हेर्नुस्, गोदाममा स्टक आउट छ । किनकि हिजोआज विदेशबाट कागज आयात रोकिएको छ । कागजको कमीकै कारण समाजवादका उत्पादनहरूमा ठूलो धक्का लागेको छ । किनकि वास्तविक समाजवाद त कागजमै त अडेको हुन्छ । कागजको कमी भएकाले सबै उत्पादन नै बन्द भयो । कागज आउनासाथ फेरि समाजवाद बजारमा आउँछ ।’ तर, समाजवाद लागू गर्ने समाजवादी तरीका पनि खतरा छ भन्या । महँगीले भाउ बढ्दै गैराछ, मान्छे घट्दै गैराछन् । सरकारको राम्रो बानी यो छ कि महँगीसँग लड्न भनेर थप कर लगाउँछ । तर कर लगाउने बेला सर्वसाधारण, गरीब, निमुखाको खुब ख्याल गर्छ । त्यसो त सरकारले बजेट बनाउँदा पनि गरीबलाई ध्यान दिएरै बनाउँछ । गरीबलाई कर नै लगाउँदैन । धनीलाई मात्र लगाउँछ । तर खर्च बढेको देखेपछि धनीले आफ्ना उत्पादनका भाउ बढाइदिन्छन् । त्यसको मूल्य भने फेरि गरीबले नै चुकाउँछन् । यसरी गरीब झन् गरीब हुँदै जान्छ, अनि सरकार पनि पक्का समाजवादीमा दरिँदै जान्छ । तर बदनाम भने पूँजीवाद हुन्छ । यता मूल्य बढ्दै जान्छ, उता समाजवाद बलियो हुँदै जान्छ र व्यापारी अझ प्रसन्न बन्दै जान्छन् । वास्तवमा समाजवादको तीनखम्बे अर्थनीति भनेको शायद यही होला । दशैं नजिकिँदै छ । उपभोक्ताहरू चिनी, नून, खाद्यान्नका लागि लाइनमा छन् । त्यसो त नेपालीहरू सधैं कुनै न कुनै लाइनमै रहन्छन्, कि त लाइसेन्स लिने लाइनमा, कि पासपोर्टको, कि राष्ट्रिय परिचयपत्रको, कि पेट्रोलियमको, कि विदेश जाने लाइनमा । वास्तवमा पूरा देश अनुशासित, पंक्तिबद्ध र लामबद्ध भएर समाजवादलाई सफल बनाउन प्रतिबद्ध छ । यसरी समाजमा एकता छाएको छ । झीनामसिना झगडाहरू समाप्त भएर गएका छन् । अनेकतामा एकता आएको छ । किनकि के यो वा त्यो जात वा धर्म, सबै एउटै लाइनमा जो छन् । अहिले त केवल महँगी बढिरहेको छ । महँगी पनि त नेपाली समाजवादको उपलब्धि हो नि । दलहरूको साना दु:खले अज्र्याको हो र ? महँगी बढेकै कारण सर्वसाधारणका घरहरूमा चियामा चिनी कम हुँदै गइरहेको छ । यो सुगरको रोगी घटाउने समाजवादी टिडिक हो नि । मोटरसाइकलमा पेट्रोल कम हुँदै गइरहेकोे छ भने अखबारमा कागज कम । किचेनबाट तरकारी, फलफूल गायब हुँदै छन्, बाथरूमबाट साबुन । सबैतिर समाजवाद आउँछ, देशले प्रगति गर्छ अनि मन खोलेर लाउँला, खाउँला भनेर प्रतिक्षारत छ देश । सर्वसाधारण त सरकारको हालत देखेर चिन्तित पनि छ । ऊजस्तै सरकारले पनि आफ्नो खर्च धान्न सकिरहेको छैन । समाजवाद आउने त पछिको कुरा भयो । अहिले त सरकारलाई नै कर्मचारीको तलब र अफिसको खर्च जुटाउनै धौ धौ परिसकेको छ । त्यसैले सरकारले जनतामाथि करमाथि कर लगाउँदै गइरहेको छ, ताकि पैसा आओस् । सर्वसाधारण करको बोझ उठाउँछ । तर करको वजन धेरै भएका कारण उसले आफ्नो किनमेल कम गर्छ । यसबाट फेरि सरकारलाई नै नोक्सानी हुन्छ । अनि सरकारलाई खर्च पुग्दैन र ऊ फेरि थप कर लगाउँछ । सरकारले यो सबै जनताप्रति हार्दिक सद्भावनाका कारण नै गरिरहेको छ । सहानुभूति, कर र बढ्दो भाउ । सहानुभूति, कर र फेरि बढ्दो भाउ । यो एउटा राष्ट्रिय चक्कर भएको छ, जो वर्षौंदेखि चलि नै रहेको छ । सर्वसाधारण यै चक्करमा दाइँमा घुम्ने गोरु झैं घुमेको घुम्यै गरिरहेका छन् । हिजोआज पृथ्वीले चक्कर लाउने कार्य बन्द गरेको छ । मान्छेहरू चैं चक्कर लाउन थालेका छन् । यो घनचक्कर केवल अर्को एक दिन कसरी गुजारा गर्ने भन्नेमा सीमित छ । यसरी अभाव र महँगीमा मान्छेहरूले समाजवाद पनि बिर्सन सक्छन् भन्ने कुरा काका कार्लमाक्र्सले कल्पना पनि गरेका थिएनन् होला । तैपनि देशमा समाजवादको गीत हिट भइराको छ भन्या ! यो देखेर ताज्जुब लाग्छ, गज्जब लाग्छ । समाजवादले कस्तो लठ्याएको क्या ! आफ्नो दुनो सोझ्याउने अनि दुनियाँको दुनामा समाजवाद पस्कने ? अब यसै भएन । बरु तपाईं पनि आउनुस् समाजवादी बन्ने र बनाउने लाइनमा । अनि बेच्न थाल्नुस् समाजवाद । समाजवादमै सुत्नुस्, समाजवादमै उठ्नुस् । यति गरेपछि संविधानमा लेखेको समाजवाद कसो नआउला त हँ ?

सम्बन्धित सामग्री

कठैबरा तिम्रो समाजवाद !

नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवाद, नेकपा (एमाले) समाजवाद हुँदै साम्यवाद, माओवादी समाजवाद हुँदै साम्यवाद, माधवजीको पार्टी समाजवाद, उपेन्द्रजी समाजवाद, बावुरामजी समाजवाद, वैध, विप्लव, मोहनविक्रम सबै समाजवाद हुँदै अगाडि बढ्ने, चार दलको मोर्चाको नाम पनि समाजवाद, यिनीहरूका विधान दस्तावेज सबैमा समाजवाद, देशको संविधानको किताबमा पनि समाजवाद, राजनैतिक बजार यस्तो भइसकेको छ कि यहाँ समाजवादभन्दा तलको कुनै माल […] The post कठैबरा तिम्रो समाजवाद ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समाजवाद चाहिएकै हो ?

नेपालमा समाजवाद भन्ने शब्द अत्यन्तै लोकप्रिय देखिन्छ र यसलाई राजनैतिक समर्थन पनि प्राप्त छ । यसका बाबजुद समाजवाद भन्ने अवधारणा संसारबाट तीव्रगतिमा लोपोन्मूख एक अर्थ राजनैतिक दर्शन र भाष्य हो । संसारका करिब १९५ देशमध्ये केवल भियतनाम र श्रीलंकाको औपचारिक पूरा नाममा समाजवाद शब्द प्रयोग भएको छ । अल्जेरिया, चीन, बंगलादेश, लाओस, उत्तर कोरिया, मकाओ […] The post समाजवाद चाहिएकै हो ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समाजवाद स्थापनामा सबैजसो दल एकमत छन् : विप्लव

काठमाडौं, २४ असार । समाजवादी मोर्चा नेपालका नेता एवं नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले नेपाल समाजवाद स्थापना हुने बाटोमा रहेको बताएका छन् । ‘नेपालमा समाजवाद एकदमै लोकप्रिय छ । सबैजसो दलले यसलाई आत्मसात् गरेका छन् । हामी वैज्ञानिक समाजवाद भन्छौं । अरुहरुले राष्ट्रिय समाजवाद, संघीय समाजवाद, प्रजातान्त्रिक विवाद आदि भन्ने गरेका छन् । मूलतः […]

के नेपालको राज्यव्यवस्था समाजवाद उन्मुख छ ?

नेपाली समाजमा एउटा भनाइ प्रचलित छ, ‘कुतीको बाटो हिँडेर काशी पुगिंदैन ।’ राज्यको वर्तमान चरित्र र संविधानमा उल्लिखित समाजवाद उन्मुख राज्यव्यवस्थाको परिकल्पना हेर्दा कतै हामी कुतीको बाटो काशीको यात्रा त गरिरहेका छैनौं ? भन्ने भान हुन्छ ।संविधानमा समाजवाद उन्मुख राज्यको परिकल्पना गरेपछि राज्य संयन्त्रका हरेक अंगमा यसको प्रतिबिम्ब देखिनुपर्ने हो । तर संविधान बने पछिको दुइ वटा सरकारमध्ये न कम्युनिष्ट पार्टी नेतृत्वको करीब दुई तिहाइ बहुमतको सरकारको पालामा समेत आमजनताले समाजवाद उन्मुख राज्य

‘कम्युनिष्ट पार्टी फुटेर होइन, जुटेर समाजवाद आउँछ ’

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवाद स्थापनाका लागि कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताएका छन्। जनकपुरधाममा आयोजित एमालेका मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले कम्युनिष्ट पार्टी आपसमा फुटेर मुलुकमा समाजवाद आउन नसक्ने भएकाले समाज रुपान्तरण गर्न र समाजवाद ल्याउन सबै कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताउनुभयो। “अन्य पार्टीसँग एकता वा गठबन्धन गरेर मुलुकमा समाजवाद ल्याउँछु […]

धनवादका अगाडि लम्पसार नेपाली समाजवाद

समाजवाद भन्ने शब्द नेपाली समाजको वर्तमान अवस्था हेर्दा एउटा नराम्रो र भद्दा मजाकझैँ लाग्न थालेको छ । समाजवाद नै कुनै पनि मुलुकको समृद्धिको निम्ति बलियो पक्ष हो भन्ने तर्कहरू विश्वभरिका थुप्रै नेतागणहरुको हुने गर्छ । के नेपालमा समाजवाद आयो त ? हिजोदेखि आजसम्म चर्चा परिचर्चा र आन्दोलनको दम्भ बोकेका यी राजनीतिक दलहरूले वास्तवमै समाजवाद ल्याए त ? यसबारे समीक्षापछि गरौँला । तर, यहाँ त राजनीतिक व्यवस्था र अझ भनौँ दलहरूको चारित्रिक पक्षसँग नै घिनलाग्दो अवस्था सिर्जना भएको देखिन्छ । समाजवादमा हामी गइसक्

ढकालको पुस्तक 'समाजवाद र नेपाल' सार्वजनिक

नेकपा माओवादी केन्द्रका युवा नेता तथा अर्थविज्ञ डिपी ढकालको नयाँ पुस्तक ‘समाजवाद र नेपाल’ सार्वजनिक भएको छ। ढकालले नेपालमा समाजवाद कसरी सम्भव छ भन्ने विषयमा केन्द्रीत भएर पुस्तक तयार पारेका...

समाजवाद सबैको ‘मन्त्र’

समाजवाद भन्नेबित्तिकै मको ठाउँमा हामी भन्ने भावनाको प्रतिनिधित्व हुन्छ भन्ने त सामान्य रूपमा आममानिसले पनि बुझ्ने विषय हो । १९औँ शताब्दीका जर्मन दार्शनिक माक्र्स–एंगेल्सको सामाजिक व्यवस्थाको ऐतिहासिक व्याख्या र समाजवादको परिकल्पनाले...

योजनाबद्ध पुँजी निवेश र समाजवाद

समाजवाद भन्नेबित्तिकै सबै मानिसको समान आर्थिक हैसियत होला भन्ने लाग्छ, तर त्यो केवल कल्पना मात्रै हो । जो न कहिल्यै पूरा हुन सक्छ, न मान्छेले समाजवादको कुरा गर्नै छोड्छ ।...

लोकतन्त्र र समाजवाद

लोकतन्त्र र समाजवाद घनिष्ट रूपले जोडिएका विषय हुन् । यहाँ भनिएको समाजवाद वैज्ञानिक समाजवाद हो । यसका प्रतिपादक कार्ल मार्क्स र फ्रेडरिख एंगेल्स क्रान्तिकारी लोकतन्त्रवादी थिए र उनीहरूले समाजवादमा पुँजीवादी लोकतन्त्रभन्दा अझै उन्नत स्तरको लोकतन्त्र हुनुपर्नेमा जोड दिएका थिए । त्यसका धेरै उदाहरणहरू उनीहरूका विभिन्न रचनामा पाइछन् ।मार्क्सको पहिलो राजनीतिक लेख प्रेस स्वतन्त्रता सम्बन्धी थियो । त्यस लेखमा उनले “प्रेस स्वतन्त्रताको अभावमा अरु सबै स्वतन्त्रता मृगमरिचिका जस्तै हुन्छन्