पर्यटन प्रवद्र्धनका लागि कला, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला, संस्कृति भनेको देश चिनाउने गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । फागु पूर्णिमा (होली पर्व)का अवसरमा आज ज्यापू समाज यल ललितपुरले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मन्त्री आलेले कुनै पनि हालतमा संस्कृति मासिन दिन नहुने बताए । नेपाल कला र संस्कृतिको धनी भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रवद्र्धनका लागि आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्ने उनले धारणा राखे । कला, संस्कृतिबिना मान्छेको जीवन अध

सम्बन्धित सामग्री

ललितपुरमा ‘लिभिङ म्युजियम’ बनाउनुपर्छ : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरको भाषा एवं संस्कृतिको संरक्षण गर्दै यहाँको पर्यटन प्रवद्र्धनका लागि ‘लिभिङ म्युजियम’ (जीवित सङ्ग्रहालय) बनाउनुपर्ने बताएकी छन् । ज्यापू समाज यल (ललितपुर) को २८ औँ वार्षिक साधारणसभा एवं १०औँ अधिवेशनका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले ललितपुरका जनताले कला संस्कृतिलाई संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै त्यसलाई निरन्तर कायम राख्दै लैजानुपर्ने बताए । उनले कला संस्कृतिको संरक्षण गरेर सिङ्गो ललितपुर पर्यटन

दोस्रो रिस्ती उपत्यका महोत्सव हुने

लमजुङको मध्यनेपाल नगरपालिकामा माघको तेस्रो साता महोत्सव हुने भएको छ । नेपालकै मध्यभागमा पर्ने मध्यनेपाल–२, सोतिपसलमा पर्यटन वर्षलाई लक्षित गरी दोस्रो रिस्ती उपत्यका महोत्सव हुन लागेको हो । आयोजकले पत्रकार सम्मेलन गरी माघको १७ देखि २६ सम्म महोत्सव हुने जानकारी गराएको हो । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै रिस्ती उपत्यकाको कला सँस्कृति, पर्यटन, व्यापारलगायतको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समिति संयोजक सीता शाहीले बताइन् । ओझेलमा परेको रिस्ती उपत्यकाको पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण र संवद्र्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको संयोजक शाहीको भनाइ छ ।