स्वास्थ्य विज्ञानले अति महत्वपूर्ण रक्षाबन्धन-जनैपूर्णिमा

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट …

सम्बन्धित सामग्री

नेपाल डेरी एसोसिएसनद्वारा प्रोलिफिक स्कुलमा दुधपान

काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजना एवं दुग्ध विकास संस्थानको सहकार्यमा काठमाडौँ महानगरपालिका धुम्बाराही स्थित प्रोलिफिक माध्यमिक बिद्यालयमा रहेका करिब ५०० विद्यार्थीलाई कृषि तथा पशु विकास मन्त्रालयका माननीय मन्त्री ज्वाला कुमारी शाहको विशेष उपस्थितिमा दूध पान गराइएको छ। कार्यक्रममा बागमती प्रदेशका माननीय जयराम थापा,  पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका नि. कार्यकारी निर्देशक डा. बालक चौधरी, कृषि उद्यम केन्द्र एवं उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राज कुमार कार्की, कृषि उद्यम केन्द्रका सदस्य मनोज चापागाईं, राष्ट्रिय दुग्ध विकास बोर्डका प्रशासन प्रमुख बिदुर राई, अनुशासन अधिकृत दिपेन्द्र अधिकारी, लेखा प्रमुख ओम खरेल, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, महासचिव राम आचार्य, नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीप प्रसाद धमला, मनोज कुमार घिमिरे, एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष ध्रुव तिवारी, गोपाल तिमल्सिना, सचिव श्याम घिमिरे, एसोसिएसन काठमाडौँका अध्यक्ष अजित बजगाई, सदस्य चेतनाथ दाहाल एवं विद्यालयका प्र.अ.गोपाल महत लगायत विद्यालयका शिक्षक शिक्षिका एवं विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा स्कुलका बालबालिकालाई दूध पान गराइइनुको साथै विद्यालय वरपरका जेष्ठ नागरिकहरूलाई नगद सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।  स्वागत मन्तव्य एवं  कार्यक्रमबारे बताउँदै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्लाद दाहालले दूध पूर्ण पौष्टिक आहार हो र दुध बालकदेखि वृद्धसम्म अनिवार्य आवश्यक खाद्य वस्तु हो। दुध जुनसुकै अवस्थामा पनि सेवन गर्न मिल्ने र बिहान बेलुका, दिउँसो अनिवार्य सेवन गरिनुपर्ने कुरा बताउँदै विद्यालयले पनि समय समयमा बालबालिकालाई पौष्टिक आहारको बारेमा बताउँदा दुधको महत्व बुझाउँदै अनिवार्य दूध तथा दुग्ध पदार्थ सेवन गर्न प्रेरित गर्नुहुने कुरामा अध्यक्ष दाहालको विश्वास रहेको बताए । माननीय जयराम थापाले दूध सेवन गर्न अनिवार्य गर्नुपर्ने तर उद्योगीले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताए । पशु सेवा विभागका दाहालले दूध खाएपछि अरु खानेकुरा नखाँदा पनि बाँच्न सकिने दुध पूर्ण खाद्य पदार्थ भएको बताए भने डाक्टर बालक चौधरी राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकले विश्व खाद्य संगठनका अनुसार प्रति वर्ष प्रति व्यक्ति ९२ लिटर दूध अनिवार्य सेवन गर्नुपर्ने भएको नेपालमा हाल ८७ लिटर मात्र भएको बताए भने दुग्ध विकास संस्थानका संजीव झाले दूध सेवन गर्दा लेबलिङ र प्याकेजिङ भएको मात्र सेवन गर्नुपर्ने बताए । केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले गोठदेखि ओठसम्मकै अवस्था गुणस्तरयुक्त हुने कुरा प्रमुख हो र त्यसमा किसानको पाटोमा हामी सजग रहेको बताए । कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्कीले सरकारले निजि र सरकारीलाई एउटै आँखाले हेर्नु पर्ने बताउँदै नेपाल डेरी एसोसिएसनले गरेका हरेक गतिविधि अत्यन्तै सकारात्मक भएको र अहिलेको यो दुध तथा दुग्ध पदार्थ स्टक रहेको बेला यस्तो उपभोग बढाउन स्कुलमा दुध पान कार्यक्रम अत्यन्तै सान्दर्भिक भएको बताए । प्रमुख अतिथि माननीय मन्त्री ज्वालाकुमारी शाहले आफूले मन्त्रालय सम्हालेकै दिनबाट विशेषगरी दूध र दुग्ध किसानका समस्यालाई प्रमुख रुपमा हेरेको छु। दुध भनेको अति आवश्यक संवेदनशील खाद्य पदार्थ भएको र गाउँमा दूधको माध्यमबाटै आर्थिक रुपमा अलिअलि चलखेल गर्न पाउने भएकोले पनि यो अत्यन्तै महत्वपूर्ण सेक्टर हो । विद्यार्थीले प्रत्येक दिन तीनपटक बिहान बेलुका र दिउँसो दूध खान अनुरोध गरिन् । यसो गर्दा विद्यार्थीको शरीर स्वास्थ्य हुने कुरा बताइन् ।  कार्यक्रममा विद्यार्थीले दूध सम्बन्धी कविता सुनाएका थिए भने विद्यालयका प्र.अ. गोपाल महतले उपस्थित सबैलाई धन्यवाद दिँदै विद्यालयमा फरक खालको कार्यक्रम भएकोले विद्यार्थीहरु अत्यन्तै उत्साहित भएको बताए । कार्यक्रमको अन्त्यमा नवप्रभात डेरीबाट उत्पादित दुध तथा दुग्ध पदार्थ उपस्थित सबै अतिथिहरुलाई मायाको चिनो स्वरुप प्रदान गरिएको थियो

संसद्मा हुने निरर्थक गफबारे मेरो संक्षिप्त विचार

प्रधानमन्त्री चारदिने अति महत्वपूर्ण, संवेदनशील एवम् बहुचर्चित विदेश (भारत) भ्रमण सकेर संसद्मा आएका छन् । यस्तोमा संसद्भित्र प्रमको भ्रमणको उपलब्धि के ? के–कस्ता सन्धि, सम्झौता र सहमतिहरू भए ? देशको उद्योग, व्यापार र पर्यटनमा टेवा पुग्ने के–के कुराहरू गरिए ? नदी-बाढी नियन्त्रणमा के–कस्ता छलफल र सहमति भए ? सीमा, सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषिजस्ता स्वाभिमान एवम् […]

सिटामोल सहजरुपमा उपलब्ध गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सिटामोल र पारासिटामोलजस्ता अतिआवश्यक औषधि सहजरुपमा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरेको छ ।न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज सरकारका नाममा उक्त आदेश जारी गरेको हो ।आदेशमा हाल कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्वपूर्ण औषधि सिटामोल र पारासिटामोल देशभरिका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मात्रामा सहज आपूर्ति हुन नसकेको उल्लेख छ । आदेशमा भनिएको छ, “नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हकको व्यावहारिक प्रचलन गराउन वाञ्छनीय देखिएको हुँदा सबै तहका सरकारबीच समन्वय गरी हालको अवस्थामा स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने सिटामोल र पारासिटामोल लगायतका औषधिहरूको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउनू ।” अधिवक्ता टीकाबहादुर कुँवरले नागरिकलाई सिटामोललगायत अत्यावश्यक औषधि उपलब्ध गराउन आदेशको माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सोही रिट निवेदनको सुनुवाइपछि अदालतले उक्त आदेश जारी गरेको हो ।

संकटकाे बेला स्वास्थ्य मन्त्रालयमा कहिलेसम्म खाली?

काठमाडौँ – शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको बुधबार आठ दिन भइसकेको छ। अहिलेको सन्दर्भमा सर्वाधिक महत्वपूर्ण र अति आवश्यक स्वास्थ्य मन्त्रालयमा मन्त्री नियुक्त गर्न भने उनले आलटाल गरेका छन्। असार २९ गते देउवाले आफूसँगै कांग्रेसबाट दुई र माओवादीबाट दुई गरि चारजना मन्त्री नियुक्त गरे पनि त्यसपछि मन्त्री थपिएका छैनन्। नागरिकलाई कोरोना महामारीबाट बचाउनु, खोपलगायत […]

यूएनमा चीनको प्रभाव कम गर्न भारतले बनाउन थाल्यो रणनिती

एजेन्सी। कतिपय भारतीय थिंक ट्यांकहरु पछिल्लो समय संयुक्त राष्ट्र संघ(यूएन)मा चीनको प्रभाव ह्वात्तै बढेकाले भारतले सक्रिय र प्रभावकारी कदम चाल्नुपर्ने बताउन थालेका छन्। इन्डियन काउन्सिल अन ग्लोबल रिलेसन्स(आईसीजीआर)को रिपोर्टअनुसार, चीन यूएनका १५ महत्वपूर्ण एजेन्सीमध्ये चारवटामा प्रमुख र नौवटामा प्रतिनिधिका रुपमा रहेको छ। विश्व स्वास्थ्य संगठनजस्तो अति महत्त्वपूर्ण निकायको प्रमुख टेड्रोस अधनम ग्याब्रियससलाई चीनले आफ्नो मुठ्ठीमा पारेको आईसीजीआरको भनाइ छ।

सीसीएमसीको बैठक बस्दै, शिक्षण संस्था बन्द हुन सक्ने

काठमाडौं। कोभिड संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को बैठक आज २ बजे बस्दैछ।शिक्षण संस्था बन्द गर्न दबाब बढी रहेका बेला सिंहदरबारमा सीसीएमसीको बैठक बस्न लागेको हो । कोरोनाको न्यू भेरियन्ट फैलिरहेकाले बालबालिकाहरूलाई जोखिममा पर्न नदिनेबारे बैठकमा छलफल हुने बताइएको छ। बढ्दो संक्रमणलाई ध्यानमा राखेर बैठकले महत्वपूर्ण निर्णय लिनसक्ने सम्भावना छ। स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई अति प्रभावित जिल्ला घोषणा गरिसकेको छ।

कान पाक्ने समस्या र उपचार

कान शरीरको अति नै महत्वपूर्ण र संवेदनशील अंग हो। त्यसैले कानको विशेष ख्याल राख्नु आवश्यक हुन्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार बहिरोपनको प्रमुख कारण कानको संक्रमण हो र यो समस्याको व्यापकता विश्व तथ्यांकको तुलनामा नेपालमा धेरै नै बढी देखिन्छ। कानको संक्रमणलाई साधारण भाषामा कान पाक्ने रोग (कान भित्रबाट पिप बगेर आउने) भनिन्छ।

कान पाक्ने समस्या र उपचार

कान शरीरको अति नै महत्वपूर्ण र संवेदनशील अंग हो। त्यसैले कानको विशेष ख्याल राख्नु आवश्यक हुन्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार बहिरोपनको प्रमुख कारण कानको संक्रमण हो र यो समस्याको व्यापकता विश्व तथ्यांकको तुलनामा नेपालमा धेरै नै बढी देखिन्छ। कानको संक्रमणलाई साधारण भाषामा कान पाक्ने रोग (कान भित्रबाट पिप बगेर आउने) भनिन्छ।

चौधरी फाउन्डेसनद्वारा सरकारलाई १ हजार ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण

कोरोनाभाइरस रोग (कोभिड-१९)को महाप्रकोपसँग जुध्दै नागरिक सुरक्षाका लागि आफूसक्दो प्रयास गर्ने अभियानको निरन्तरतास्वरूप चौधरी फाउन्डेसनले आज निजी क्षेत्रको तर्फबाट पहिलोचोटि सरकारलाई १,००० थान ‘पीसीआर रिएजेन्ट’ (परीक्षण सामग्रीहरू) हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित समारोहमा फाउन्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरेको हो । कोभिड-१९ संक्रमित व्यक्ति पहिचान गर्न ‘पीसीआर रिएजेन्ट’ अति महत्वपूर्ण उपकरण हो ।

नुन : भ्रम र यथार्थ

नुन हाम्रो दैनिक खानाको मात्र नभई जीवनको पनि महत्वपूर्ण हिस्सा हो। तर ‘अति ले हानी गर्छ’ भनेझैं आवश्यकताभन्दा बढी नुन सेवनले कयौं प्रकारका गम्भीर स्वास्थ्य समस्या...