मोरङमा बूढी खोलाले बगाउँदा १ जनाको मृत्यु, २ जना बेपत्ता
११ असार, विराटनगर । मोरङको सुन्दरहैचा नगरपालिकामा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ, दुई जना बेपत्ता भएका छन् ।
सुन्दरहरैचा नगरपालिका– ५ गौशला नजिकै बूढीखोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ बजे एक्कासी आएको बाढीले …
धनगढी– कैलालीमा नुहाउनेक्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको चुरे गाउँपालिका–४ बालुवागाडाका रामबहादुर तारामी मगरकी १६ वर्षीया छोरी सर्मिला तारमी मगरको खोलाले बगाउँदा मृत्यु भएको हो। घरदेखि केही टाढा रहेको बालुवागाडा खोलामा नुहाउने क्रममा सर्मिलाको खोलाले बगाउँदा मृत्यु भएको हो। उनको शव नुहाउँन गएको स्थानबाट अन्दाजी ५०० मिटर तल खोलाको छेउमा बिहीवार बिहान […]
मकवानपुरको बागमती गाउँपालिकामा खोलाले बगाउँदा आइतबार एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारीअनुसार बागमती गाउँपालिका वडा नम्बर १ ठूलोगुर्दुङका ४५ वर्षीय लघुदोर्जे दोङको खोलाले बगाउँदा...
३० साउन, डोटी । डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्लाको सायल गाउँपालिका-६ रौकल्ला निवासी शेरबहादुर साउदकी ९ वर्षीया छोरी सीता साउद ठूला खोलाले बगाउँदा बेपत्ता भएकी हुन् । आइतबार दिदी भगवतीसँग गोठालो गएकी सीतालाई ४ बजेतिर खोलाले बगाएको सायल गाउँपालिका-६ का वडा अध्यक्ष दीपक साउदले जानकारी दिए । आइतबार दिउँसो ठुलो […]
डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन छन्। पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्ता जोशीले जानकारी दिए।बगेको ठाउँबाट ५०/६० मिटिर तल निराजनको शव फेला गरेको उनले खोलाले बगाउँदा अन्य दुई विद्यार्थी घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका अन्दाजी १५ वर्षीय रेशम साउँद र १४ वर्षीय गोपा
धनकुटाको चौबिसे गाउँपालिका ५ बज्रमाइमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । छरुवा खोलाले बगाउँदा स्थानीय ७१ वर्षीय वृद्ध भुवनसिंह खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दीपककुमार रायले जानकारी दिए । खोला तर्ने क्रममा विहान खोलाले बगाएका उनको दिउँसो शव फेला परेको प्रहरीले जनाएको छ ।
काठमाण्डौ – खोलाले बगाउँदा देशका विभिन्न ठाउँमा शनिबार दुई जना बेपत्ता भएका छन् ।
डोटीको पूर्वीचौकी गाउँपालिकामा दिउँसो स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बगेर बेपत्ता हुनेमा पूर्वीचौँकी गाउँपालिका–४ बस्ने भीम मिजारकी पाँच वर्षीया छोरी मिनु मिजार रहेकी छन् ।
यस्तै दाङको पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । आज दिउँसो साढे २ बजेतिर पत्रेखोला तर्ने क्रममा एक महिला बेपता...