अङ्ग्रेजी, विज्ञान र गणित शिक्षक पाउनै मुस्किल

गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणितका शिक्षक पाउनै मुस्किल हुन थालेको छ। विद्यालय तहमा विद्यार्थी कम उत्तीर्ण हुने विषयमा शिक्षक पाउन नसक्दा नतिजा झन् खस्किने अवस्था देखिएको छ। मालिका गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयले गत चैत महिनादेखि गणित शिक्षक आवश्यकताका लागि पाँच पटकसम्म आवेदन खुलायो तर पनि गणित शिक्षक पाउन सकेको छैन।

सम्बन्धित सामग्री

१९ वर्षकी गणित शिक्षक, २० वर्षका विज्ञान शिक्षक

१९ वर्षीया लेकिडोमा तामाङलाई गत वैशाख ९ गते शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुँदै गर्दा एकैपल्टमा पास भइएला र जागिर खाइएला भन्ने लागेकै थिएन । उनलाई नलागेर के भो र, सामान्य ज्ञानसम्बन्धी (पहिलो पत्र) परीक्षामा एकैपल्टमा सफल भइन् ।

विज्ञानको ठाउँमा गणित शिक्षक ल्याउने समितिको निर्णयमा प्रधानाध्यापकको आपत्ति

जनकपुरधाम । सिरहाको कल्याणपुरमा ११ मा रहेको रामदुलारी माध्यमिक विद्यालयमा शिक्षक पदपूर्तिको विषयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकबीच विवाद देखिएको छ । विद्यालयमा विज्ञान विषयको शिक्षक आवश्यक भएपनि गणित विषयको शिक्षकलाई सरुवा सहमति दिएर ल्याएपछि विवाद सिर्जना भएको छ । विद्यालय व्यवस्थापन समितिले धनुषाको रघुनाथपुरस्थित बरकुरवा माविका गणित शिक्षक रामदुलार यादवलाई सरुवा सहमति दिएर […]

एसईईको आन्तरिक मूल्यांकन कसरी हुँदै छ ?

काठमाडौं । कोरोना संक्रमणका कारण यो वर्ष पनि आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा सार्वजनिक गरिँदै छ । राष्ट्रिय परीक्षा बोर्डले निम्न कुरालाई मूल्यांकनको आधार बनाएको छ । एसईई मूल्यांकन–२०७७ को मूल्यांकन समितिमा पाँचजना हुनेछन् । जसमा  प्रधानाध्यापक, गणित शिक्षक, अंग्रेजी शिक्षक, विज्ञान शिक्षक र वरिष्ठ शिक्षक हुनेछन् । मूल्यांकन प्रक्रियामा प्रयोगात्मक विषयको...

बजेटको प्राथमिकतामा शिक्षा

सरकारले आउँदो बजेटमा शिक्षा क्षेत्रलाई उच्च महत्व दिएको छ । सरकारले छात्रवृत्ति दिन २ अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै, विज्ञान र गणित शिक्षक अभावलाई पूर्ति गर्न स्वयंसेवक शिषक खटाइने भएको छ । निःशुल्क पुस्तक वितरण गर्न सरकारले २ अर्ब ७६ करोड विनियोजन गरेको छ ।