एसईईको आन्तरिक मूल्यांकन कसरी हुँदै छ ?

काठमाडौं । कोरोना संक्रमणका कारण यो वर्ष पनि आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा सार्वजनिक गरिँदै छ । राष्ट्रिय परीक्षा बोर्डले निम्न कुरालाई मूल्यांकनको आधार बनाएको छ । एसईई मूल्यांकन–२०७७ को मूल्यांकन समितिमा पाँचजना हुनेछन् । जसमा  प्रधानाध्यापक, गणित शिक्षक, अंग्रेजी शिक्षक, विज्ञान शिक्षक र वरिष्ठ शिक्षक हुनेछन् । मूल्यांकन प्रक्रियामा प्रयोगात्मक विषयको...

सम्बन्धित सामग्री

आरआर क्याम्पसका शिक्षकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न नेविसंघको माग

काठमाडौं, ८ पुस : नेपाल विद्यार्थी संघले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थीलाई कारवाहीको माग गरेको छ । नेविसंघ आरआर इकाईले घटनाको भत्सर्ना गर्दै दोषीमाथि कडा कारवाही गर्न क्याम्पस प्रशासनसँग माग गरेको छ । ६ पुसमा क्याम्पसको विहानी सत्रमा आन्तरिक मूल्यांकन परीक्षा हुँदै गर्दा अनावश्यक रुपमा परीक्षा हलमा प्रवेश गरेर अनेरास्ववियुनिकट कुवेर जेठाराले […]

परीक्षा सञ्चालनमा विकल्पहरू

विभिन्न विरोधको नतिजास्वरूप कक्षा १२ को परीक्षा हाललाई रद्द भएको छ । अहिले देखिएको नयाँ भेरिएन्टले अवस्था केकस्तो हुनेबारे स्पष्ट खाका नबनिसकेको हुँदा जोखिम न्यूनीकरण गर्न यसबाहेक अन्य विकल्प थिएन । विद्यार्थीको पढाइ महत्त्वपूर्ण हो, परीक्षा पनि महत्त्वपूर्ण हो । परीक्षा भइहालेको भए अवस्था के कस्तो हुन्थ्यो त्यो कल्पनाभन्दा बाहिरको कुरा हो । हुन त, त्रिभुवन विश्वविद्यालयले यसै समयमा कतिपय परीक्षा सम्पन्न गरिरहेको छ । परीक्षा कोठामा खोक्ने, रुघा लागेका परीक्षार्थी पनि थिए । उक्त परीक्षा हलभन्दा बाहिर हुने भीडका बारेमा कसैको ध्यान गएको छैन । सबैको ध्यान परीक्षा सम्पन्न भएको कुरामा मात्रै छ । कक्षा १२ को परीक्षा पनि सोही प्रकृतिको हुनेमा कसैको दुई मत थिएन । तसर्थ हाललाई रद्द हुनुपर्ने थियो र भयो पनि । तर, विषय त्यहाँ टुंगिँदैन । विषय विकल्पको हो – परीक्षा रद्द गर्नु तत्कालीन समाधान भए पनि, दिगो समाधान अवश्य होइन । वैशाखमै सम्पन्न भएर नतिजा प्रकाशन हुनुपर्ने समयसम्म परीक्षा सम्पन्न नहुँदा विद्यार्थीमा वितृष्णा उत्पन्न हुन सक्छ । यसै पनि तल्लो तहबाट माथिल्लो तहसम्मको शैक्षिक यात्रामा बीचमै पढाइ त्याग्ने जमात बढी भएको हाम्रो जस्तो मुलुकमा यस प्रकारले परीक्षा व्यवस्थित नहुँदा उक्त खाडल झन् बढ्ने देखिन्छ । हुने खानेले विदेशमा पढ्ने, सामान्यले मात्र नेपालमै पढ्ने प्रवृत्ति झन् मौलाउने खतरा हुन्छ । यस कारण पनि विधिवत रूपमा परीक्षाको विकल्प सोच्न आवश्यक छ । कक्षा १२ का विद्यार्थीको १ वर्ष खेर जान नदिन हाललाई चार विकल्प देखिन्छ— आन्तरिक मूल्यांकनको आधारमा परीक्षा सम्पन्न गर्ने, गृहकार्य प्रदान गरी त्यसैलाई आधार बनाई उत्तीर्ण गराउने, अनलाइन परीक्षा वा सम्पूर्ण विद्यार्थीलाई भ्याक्सिन लगाई परीक्षा सम्पन्न गर्ने । आन्तरिक मूल्यांकनलाई आधार बनाइने विकल्प सहज देखिन्छ । यस प्रकारले विद्यार्थी उत्तीर्ण गराउँदा कम मेहनतमै विद्यार्थी उत्तीर्ण हुने र शिक्षाकै गुणस्तर खस्कने देखिन्छ । विद्यालयहरू पारदर्शी थिए भने आन्तरिक मूल्यांकन सहज विधि हुने थियो । तर, विद्यालयलाई आफ्नो नाममा आँच नआओस् बरु सबै विद्यार्थी पास हुन भन्ने सोचले सही मूल्यांकन गरेको देखिँदैन । विद्यार्थीको गुणस्तर, उनीहरूको शैक्षिक अवस्थाभन्दा पनि विद्यालय र शिक्षकको दृष्टिअनुरूप हुने यस्ता मूल्यांकनले न्याय गर्दैन । अर्को उपाय भनेको अनलाइन परीक्षा हो । हेर्दा, भन्दा र सुन्दा सहज भए पनि यो नेपाल जस्तो मुलुकलाई कठिन विषय हो । सबै उच्च माध्यमिक तह भएको विद्यालयमा अनलाइन विधिबाट परीक्षा गर्न सक्ने वातावरण नहुन सक्छ । विद्यार्थीसँग इन्टरनेटको पहुँच नहुन सक्छ जसले गर्दा यो हाललाई निकै चुनौतीपूर्ण विषय हो । तर, ग्रामीण भेगमा यो सोचेझैं सहज नहुने पक्षलाई बुझ्न आवश्यक छ । प्रविधिसँग पन्छिनुलाई उत्तम विकल्प पनि भन्न मिल्दैन । विश्व यति बेला प्रविधियुक्त हुँदै छ । नेपाली शिक्षाले पनि उक्त पाटोलाई आत्मसात गर्न सक्नुपर्छ । कोरोना विपद्लाई अवसर बनाएर अनलाइन परीक्षाको परीक्षणसमेत गर्न सकिन्छ । अहिले, हर एक स्थानीय तहमा इन्टरनेटको पहुँच पुगिसकेको छ । बैंकसमेत पुगेको स्थानीय तहमा इन्टरनेट नपुगेको भन्न मिल्दैन । स्थानीय तहका विद्यालयमा हरेक वर्ष बजेट विनियोजित हुँदा कम्प्युटरका लागि बजेट छुट्ट्याएको पाइन्छ । ल्याबसमेत धेरै ठाउँमा रहेको छ, यसैलाई आधार बनाई परीक्षा सञ्चालन गर्न समेत सकिन्छ । एकै पल्ट सबैको परीक्षा सम्भव नहोला, तर चरणबद्ध रूपमा भए पनि सञ्चालन गर्न सकिन्छ । प्रश्नपत्र धेरै निर्माण गर्नुपर्ने हुन्छ होला, तर परीक्षा नहुनुभन्दा यो एउटा विकल्प हो । यसमा थप बहस र विचार विमर्श आवश्यक पर्ने हुन्छ । त्यसैगरी गृहकार्यमा आधारित परीक्षा अर्को विकल्प हुन सक्छ । विदेशमा अभ्यासमा समेत रहेको यस विधिमा नेपाली शिक्षकले थप मेहनत गर्नुपर्ने हुन सक्छ र विद्यार्थीलाई समूह छुट्ट्याई फरक फरक प्रश्न वितरण गर्न सकिन्छ । एकआपसमा नमिल्ने गरी निश्चित समयमा घरमै बसेर उत्तर लेख्न सकिने यस विधिमा विद्यार्थीले पाठ्यक्रममा केकति बुझेका छन् त्यसको आधारमा प्रश्न दिन सकिन्छ । विद्यार्थीको बुझाइको आधारमा उनीहरूलाई अंक प्रदान गर्न सकिन्छ । यस प्रकारको परीक्षामा आफूभन्दा अग्रजसँग सहयोग माग्ने मुख्य चुनौती रहे तापनि, ठूलो समुदायलाई यस प्रकारले समेट्न समेत सकिन्छ । प्रश्न केन्द्रबाट गएर केन्द्रमै उत्तर मूल्यांकन गरेमा मात्र यसको सार्थकता झल्किन्छ । त्यहींको विद्यालयलाई अधिकार दिएमा औचित्य नरहन सक्छ । अन्तिम विकल्प भनको कोरोनाको भ्याक्सिन सम्पूर्ण विद्यार्थीलाई लगाइदिएर पुरानै ढाँचामा परीक्षा गर्ने हो । तर, त्यसको निमित्त गाउँगाउँको विद्यार्थीसमक्ष भ्याक्सिन पहुँच पु¥याउनुपर्ने हुन्छ । जुनै विकल्प छान्दा पनि केहि समय लाग्ने निश्चित छ । यस विषयमा पहिले नै बहस हुनुपथ्र्यो । तर, कोरोना संक्रमण कम हुनसाथ परीक्षा सञ्चालन गर्ने होडबाजीले फेरि अर्को लहर निम्तने खतराको मूल्यांकन भएन । अहिले, कक्षा १२ मात्र होइन, विभिन्न क्षेत्रका परीक्षामा अवरोध आइपरेको स्पष्ट देखिन्छ— एमबीबीएस प्रवेश परीक्षा होस्, लोक सेवा आयोगले लिने खुला वा आन्तरिक परीक्षा होस् या विद्यालयले लिने कक्षाकै परीक्षा । कोरोनाका कारण, अहिले साना बालबालिका विद्यालय जानबाट वञ्चित छन् । त्यसको प्रत्यक्ष असर उनीहरूको मानसिकतामा समेत देखिन थालिसकेको विभिन्न अध्यनले देखाएका छ । झर्किने, मोबाइल खेलाइ रहने, सामाजिक नहुनेजस्ता गुण देखा पर्न थालिसकेको छ । त्यसैगरी परीक्षा सञ्चालन नहुँदा उच्च शिक्षा वा रोजगारको निमित्त तयारीमा रहेकाहरूलाई पनि मार पर्न थालिसकेको छ । त्यसैले विकल्पबारे अग्रिम निर्णय आवश्यक छ । गतहप्ता एक निजी बैंकले आफ्नो प्रवेश परीक्षा अनलाइनमार्फत सम्पन्न गर्‍यो जसमा उल्लेखनीय सहभागिता थियो । यसै गरी अन्य क्षेत्रले समेत अब विकल्पमा ध्यान केन्द्रित गर्न आवश्यक छ । रेग्मी बैंकर हुन् ।

वीपी प्रतिष्ठानको चिकित्सा शिक्षाको गुणस्तर खस्कदै

साउन २, धरान । चिकित्सा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै उत्कृष्ठ स्वास्थ्य सेवाको लागि स्थापना भएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय आफै रोगी बन्दै गएको छ ।  प्रतिष्ठानमा हुने पदाधिकारीहरुको राजनीतिक नियुत्तिले भ्रष्टाचार तथा अनियमितताको दल दलमा फस्दै गएको छ । जसका कारण स्वास्थ्य सेवासँगै चिकित्सा शिक्षा पनि प्रभावित बनेको छ ।  प्रतिष्ठानको शुद्धिकरणको माग गर्दै चिकित्सक तथा विद्यार्थीहरु विगत १ महीनादेखि आन्दोलनमा छन् । अहिलेसम्म पनि सम्बन्धित निकायहरुको ध्यान दिएका छैनन् । पदाधिकारीहरुको लापरवाहीका कारण शैक्षिक सेवा पनि लथालिंग हुँदा विद्यार्थीहरुको भविष्यनै प्रभावित बन्दै गएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको प्रतिष्ठानमा दक्ष व्यवस्थापक नहुँदा विद्यार्थीको पठनपाठनमा असर हुन थालेको छ ।  दक्षिण एशियामै उत्कृष्ठ मानिएको चिकित्सा शिक्षा अध्ययन हुने प्रतिष्ठानमा व्यवस्थापन सुधारको माग गर्दै विगत १ महीनादेखि विद्यार्थीहरु आन्दोलनमा छन् । प्रतिष्ठान शुद्धिकरण अभियान शुरु गरेका चिकित्सक तथा विद्यार्थीहरुको माग अझै पनि पूरा हुन सकेको छैन । सम्बन्धित निकायले बेवास्ता गर्दा विद्यार्थीहरुको अध्ययनमा पनि समस्या थपिदै गएको छ ।  प्रतिष्ठानमा करीब १ हजार १०० विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । एमबिबिएस, एमडि, एम.डी.एम.एस, एम.एस्सी, पी.एचडी लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । प्रतिष्ठानका अनुसार प्रत्येक वर्ष करीब १ हजार १०० विद्यार्थीहरु अध्ययनरत छन् ।  प्रतिष्ठानका पदाधिकारीहरु भ्रष्टाचार तथा अनियमिततामा फस्दै गएका कारण आधुनिक उपकरणहरु खरीद गर्न नसक्दा पढाई पनि प्रभावित हुँदै गएको विद्यार्थीहरुको गुनासो छ ।  अध्ययनका लागि २० वर्ष पुराना उपकरणहरुको भर पर्नु परेको एमबिबिएसमा इन्टर्न गर्दै गरेका अमृत जैशी बताउँछन् । एकातिर अस्पतालको उपकरण पुराना छन् भने शिक्षकहरु नै पनि विद्यार्थीमैत्री नभएको उनको भनाइ छ ।  त्यसको प्रत्यक्ष प्रभाव विद्यार्थीहरुमा परेको उनको गुनासो छ । उनी भन्छन्, ‘२० वर्ष पुराना उपकरणहरुको भरमा अध्ययन गर्नु पर्दा समस्या हुने गरेको छ, दोस्रो शिक्षकहरु १० बजे आउनु पर्नेमा ११/१२ बजे तिर आइदिने, अब धेरैजना शिक्षकहरु विद्यार्थी केन्द्रित भएर पढाउन पनि मन नगर्ने हुनुहुन्छ, आन्तरिक मूल्यांकन हुनुपर्छ ।’  होस्टलमा पनि धेरै समस्याहरु रहेको उनी बताउँछन् । इन्टरनेट, लाइब्ररी, लगायत सामग्रीहरुको मर्मत हुन नसक्दा समस्या परेको उनले बताए । उनी भन्छन्, ‘शिक्षकहरुलाई हामीले कडा मेहेनत गरेर विद्यार्थीहरुलाई पढाईमा सहयोग गर्नुपर्छ भन्ने भावना नआएर हो की, प्रशासनको कमजोरीले शिक्षकहरुले त्यो गर्न नसकेको हो, त्यसले गर्दा विद्यार्थीहरुलाई क्षती पुगिरहेको छ ।’ प्रतिष्ठानमा देशका विभिन्न जिल्ला सहित भारत लगायत अन्य मुलुकबाट पनि पनि अध्ययन गर्न आउने गरेका छन् । सरकारी कोटामा निःशुल्क, अर्धशिुल्क तथा सशुल्क अध्ययन हुने गरेको छ । विगत १० वर्ष यता प्रतिष्ठानको शैक्षिक गुणस्तर खस्कदै गएको छ । प्रतिष्ठानको पुरानै ब्राण्डले गर्दा विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् ।  व्यवस्थापनमा कमजोरीका कारण विद्यार्थीहरुलाई प्रत्यक्ष असर परेको जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपाली बताउँछन् । अध्ययनमा सहयोग पुयाउने एमआरआई, सिटी स्क्यान, भिडियो एक्स रे लगायत सामग्री नहुँदा समस्या भोग्नुपरेको उनको भनाइ छ । उनी भन्छन्, ‘डेन्टल विभागमा त झन २२ वर्ष अघिदेखि मेसिनहरु छन् त्यसले गर्दा विद्यार्थीहरुले पर्याप्त मात्रामा सिक्न पाएका छैन्, फोहोर मैला व्यवस्थापनको कुराले विद्यार्थीहरुलाई तनाव दिरहेको छ ।’ व्यवस्थापनको कमजोरीकै कारण विद्यार्थीहरु पनि बाध्य भएर आन्दोलनमा उत्रिएको उनी बताउँछन् ।  २५ वर्ष पुराना उपकरणहरु फेर्न नसक्दा अध्ययनलाई प्रभावित बनाएको प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल स्वीकार गर्छन् । उनी भन्छन्, ‘वर्षाै देखि बिग्रीएर थन्किकएका छन्, रेक्टरले किन्ने हैन मैले जानकारी गराउने हो मैले जानकारी गराएको छु ।’  डेन्टल पट्टीका विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षाका लागि उपकरणहरु नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘मैले केही उपकरणहरु किन्न खोजेको पनि पछि त्यतीकै रह्यो, सबै उपकरणहरु नहुँदा विद्यार्थीहरुलाई गाह्रो त भइहाल्छ नि, सि टी स्क्यान नहुदैमा सबै बिग्रीहाल्ने त हैन केही गाह्रो त अवश्य हुन्छ ।’ नयाँ उपकरणको लागि प्रक्रिया अघि बढेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामनि पोखरेल बताउँछन् । उनले भने, सामग्रीहरुको ल्याउने प्रकृया अगाडी बढिरहेको छ, सबै टेन्डर लागिसकेको छ, बिग्रीएका सामग्रीहरु पनि बनाएर सञ्चालनमा आइसकेको छ ।’

एसईईको परीक्षा शुल्क फिर्ता हुन्छ ?

३१ जेठ, काठमाडौं । कोभिड १९ का कारण एसईई परीक्षा स्थगित भएपछि राष्ट्रिय परीक्षा बोर्डले उठाएको परीक्षा शुल्क फिर्ता हुनुपर्ने अभिभावकहरुले माग गर्न थालेका छन् । कोरोना महामारीको कारण यो वर्ष पनि माध्यमिक तह कक्षा १२ बाहेकका सबै कक्षाको आन्तरिक मूल्यांकन विधिबाट गर्ने गरिने भएको छ । कोरोना संक्रमण संक्रामक र आक्रामक हुँदै गएपछि भौतिक […]