खुकुरी रमले उत्पादन प्रक्रियामा निस्कने फोहोरलाई ३ वर्षभित्र शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ । खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरिज प्रालिले विश्व वातावरण दिवसको अवसरमा एक प्रतिबद्धता जारी गर्दै उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरलाई शून्यमा झार्ने र पुनः प्रयोग गर्ने आवस्था बनाउने जनाएको हो । ‘हामीले हाम्रा उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरहरुलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भइसकेका छौं । यसलाई आगामी ३ वर्षभित्रमा सतप्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अव