काठमाण्डौ - विवेकशील साझा पार्टीले आज हुने वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनावमा मतदान नगर्ने भएको छ । विवेकशीलको वाग्मती प्रदेशमा तीन जना प्रदेशसभा सदस्य रहेका छन् ।
तीनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा आफूहरुले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले मतदान नगर्ने निर्णय भएको वाग्मती प्रदेशको विवेकशील साझा पार्टी संसदीय दलका नेता रमेश पौडेलले बताउनुभयो ।
यस्तै उहाँले विज्ञप्तिमार्फत मतपत्रमा ‘नो भोट’ को विकल्प लागू गर्न पनि सरकार र निर्वाचन आयोगसँग माग गर्नु...