ठिक दुई वर्षपछि मस्कटमा नेपाल र यूएई आमनेसामने हुँदै छन् । यसपालि यी दुई टिम एसीसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल्दैछन् । प्रतियोगिता विजेताले अर्को वर्ष हुने एसिया कपमा प्रवेश पाउने हुनाले दुवै टोली पूर्ण शक्तिसाथ उत्रने निश्चित छ ।
काठमाडौं । एसीसी प्रिमियर कपको आज फाइनल खेल हुदैँछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचमा आज फाइनल खेल हुदैँछ । बिहान ९ बजेबाट खेल सुरु हुनेछ । आज हुने फाइनल खेलको विजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् । यदि, शनिवार झैँ पानी परेर खेल रोकिएमा आइसीसीको ओडीआई […]
काठमाण्डाै - एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानको लागि कुवेतले ओमानलाई १ सय ३१ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेत ३१ ओभर ३ बलमा १ सय ३० रनमा अलआउट भयो । उसका लागि अदान इद्रिसले सर्वाधिक ३४ रन बनाए । बलिङतर्फ ओमानका जय ओदेद्राले ५ विकेट लिए ।
कुवेत नेपालसँगको खेल वर्षाका कारण रद्द भएपछि र ओमान यूएईसँग हारेपछि तेस्रो स्थानका लागि खेलिरहेका हुन् । नेपाल र यूएई फाइनलमा पुगेका छन् । फाइनल खेल भोलि हुनेछ । भोलि वर्षा भएमा खेल ...