फागुन महिना लागेपछि मात्रै मोरङको लेटाङ र सुन्दरहरैचा नगरपालिकामा तीनवटा जघन्य र क्रुर अपराध भयो । गत फागुन ११ गते लेटाङमा एक बालिकाको बलात्कारपछि हत्या भयो । त्यसको १६ दिनमा फेरि सुन्दरहरैचा नगरपालिकामा १८ महिनाकी शिशुको अपहरण गरी बलात्कार र हत्या गरियो । त्यसको १० दिनमै फेरि लेटाङमै बर्दीमा रहेकी एक महिला प्रहरीमाथि धारिलो हतियार प्रहार गरी हत्या भयो त्यो पनि कर्तव्य पालनाकै क्रममा । यी तीनवटै घटना मोरङको दुई नगरपालिकामा एक महिनाभित्र भएका जघन्य अपराधका घटना हुन् । यी सबै अपराधहरु अमानवीय