गुल्मीको अर्वेनीमा मतदान स्थगित, मतगणना प्रभावित

रुपन्देही । गुल्मीको क्षेत्र नं २ स्थित अर्वेनीमा कर्मचारीले मतपत्र दिने क्रममा भएको विवादका कारण मतदान रोकिएको छ । दिउसो ३ बजेसम्म भएको मतदानमा ६६४ मत खसे पनि कर्मचारीले प्रतिनिधिसभाको मतपत्र दिने ठाउँमा प्रदेशको दिएपछि विवाद भएको हो । मतदाताले धेरै पटक यो विषय उठाएपछि स्थानीय दलका प्रतिनिधिहरूले नै यसलाई रोक्न माग गरेका थिए । […]

सम्बन्धित सामग्री

दोलखामा माओवादी केन्द्रका कार्कीलाई अग्रता

काठमाडौं :  दोलखाको प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन्। उनले १ हजार ६ सय ५४ मत प्राप्त गरेका छन्। कार्कीलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ९ सय ११ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ११८ मत ल्याएर तेस्रो स्थानमा छन्। दोलखाको मतगणना बिहीबार रातिबाट सुरु भएको हो। मंसिर ४ गते दोलखाका विभिन्न स्थानमा मतदान स्थगित भएपछि यही हिजो १५ गते निर्वाचन आयोगले पुनः मतदान गराएको थ

म्याग्दीमा स्थगित मतगणना पुनः सुरु

म्याग्दी : जिल्लामा मतदान स्थगित भएको मतगणना पुन: सुरु गरिएको छ। मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि स्थगित भएको मतगणना फेरी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मालिका गाउँपालिका ५ देविस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एक सय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको थियो।दलहरुकाबीच सहमति गरेर मतगणना थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

म्याग्दीमा स्थगित भएकाे मतगणना पुनः सुरु

म्याग्दी । म्याग्दीमा मतदान स्थगित भएको मतगणना पुन: सुरु भएकाे छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मंगलबार बिहानबाट स्थगित भएको मतगणना अहिले फेरी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको हाे । मालिका गाउँपालिका-५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधि सभा तर्फका १ सय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको […]

सुर्खेत क्षेत्र नम्बर २ को मतगणना सुरु

सुर्खेत : सुर्खेत क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। १२ बजेर ३७ मिनेटबाट सुरु भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।उनका अनुसार मतगणना सर्वदलीय बैठकको सहमति साढे ११ बजेबाट सुरु गर्न भए पनि अहिले १२ : ३७ मा भएको जानकारी दिए।सुर्खेत १ मा भने मतगणना अन्योल बनेको छ। सुर्खेत क्षेत्र नम्बर १ (क)को सिम्ता गाउँपालिका ६ मा रहेको सरस्वती मावि मतदान केन्द्रमा प्रदेशको मतपत्रमा प्रतिनिधिसभाको मतपत्र भेटिएपछि विवाद हुँदा मतदान स्थगित भएको छ।

आयोगको निर्देशनपछि औरहीमा मतगणना सुरु

सिरहाको औरही गाउँपालिकामा मतगणना सुरु गर्ने सहमति भएको छ । सर्वदलीय बैठकबाट सो सहमति भएको निर्वाचन अधिकृत पिताम्बर गौतमले जानकारी गराए । मतपेटिकाको सुरक्षण शील तोडिएको भेटिएपछि हिजोदेखि मतदान स्थगित भएको थियो ।स्थानीय प्रशासन ऐन तथा निर्वाचन  कसुर तथा सजाय ऐन २०७३ अनुसार चुनाव गराउन निर्वाचन आयोगबाट निर्देशन आएको निर्वाचन अधिकृत पिताम्बर गौतमले बताए । आयोगले निर्वाचन अधिकृतको कार्यालय औरही गाउँपालिका र जिल्ला प्रशासन कार्यालय सिरहालाई दिएको निर्देशन अनुसार मतगणना कार्यमा अवरोध सृजना गर्न खो

इटहरी वडा नं. १८ को मतगणना स्थगित

चार वटा मतपत्र हराएको विषयलाई लिएर इटहरी उपमहानगरपालिका वडा नं. १८ को मतदान स्थगित भएको छ। वडा नंं. १८ मा दुई हजार ६५५ मत खसेको थियो।...

पुनर्वासमा पुनः मतदान हुने

कञ्चनपुर : पुनर्वास नगरपालिका-१० मा पुनः मतदान हुने भएको छ।फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद भएपछि आज दिउँसो १२ बजेदेखि मतदान स्थगित भएको थियो। मुख्य निर्वाचन अधिकृत मदन धामीका अनुसार मतदान पुनः शुरु गर्नेबारे छलफल निष्कर्षमा पुग्न नसकेपछि मतदान स्थगित भएको हो।स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४० बमोजिम हुलदंगा भई असामान्य स्थिति सृजना हुँदा मतदान स्थगित भएको बताइएको छ। निर्वाचन आयोगको निर्णयअनुसार पुनः मतदान हुनेछ।मतपेटिका मतगणना स्थलमा ल्याइँदैकञ्चनपुरमा स्थानीय तहको सम्पन्न निर्वाचनका म

मुलुकभरका ४४ ओटा मतदान केन्द्रको मतदान स्थगित : निर्वाचन आयोग

वैशाख ३०, काठमाडौं ।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अन्तर्गत मुलुकभरका १७ ओटा स्थानीय तहका ४४ ओटा मतदान केन्द्रको मतदान स्थगित भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राजनीतिक दलका बीचमा विवाद र वर्षाका कारण समेत गरी मुलुकभरका १७ ओटा स्थानीय तहका २८ ओटा मतदान स्थलका ४४ ओटा मतदान केन्द्रमा मतदान स्थगित गरिएको बताए  । शुक्रवार भएको निर्वाचन अन्तरगत कतिपय ठाउँमा वर्षाका कारणले समेत मतदान स्थगित भएको छ भने कतिपय स्थानमा राजनीतिक विवादका कारण मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार मतदानका लागि अर्को मिति भने तोकिएको छैन । स्थगन गरिएका मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र त्यहाँको वस्तुस्थिति समेतको अध्ययन गरेर पुन: मतदानको मिति तोक्ने तयारी आयोगले गरेको छ । आयोगले मतदान सम्पन्न भइसकेका ठाउँमा मतपेटिका संकलन भइसकेपछि राति देखि नै मतगणना शुरु गरिने बताएको छ ।

६५ देखि ७२ प्रतिशतसम्म मत खस्ने आयोगको अनुमान, ८ बजेबाट मतगणना

काठमाडौं : निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको बताएका हुन्। ३ बजेसम्म ४६ प्रतिशत मत खसेको र सो क्रम ५ बजेसम्म जारी रहने बताए।  देशभरका ३२ वटा मतदान केन्द्रमा भने विभिन्न राजनीतिक दलका उम्मेदवारहरुबीचको द्वन्द्वका कारण मतदान स्थगित भएको तर रद्ध नभएको बताउनु भयो । मतदान कार्य साँझ ५