नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उपाध्यक्ष पदसहित सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले शुक्रवार सबै पदबाट राजीनामा दिएको उनका स्वकीय सचिव दीपक टमाटाले लोकान्तरलाई जानकारी दिए ।
उनले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै शुक्रवार केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङलाई राजीनामा पत्र बुझाएका हुन् ।
उनी माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने वा नजाने भन्नेबारे खुलिसकेको छैन ।
सो पार्टीमा जानका लागि उनले जनताको बहुदलीय जनवाद (जबज) छाड्न नह...