नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली काँग्रेसले गठबन्धनको नाममा एकलौटी र बलजफ्ति गरेको आरोप लगाएका छन् । नागरिकता संशोधन विधेयक, एमसीसी र एसपीपीबारे काँग्रेसको भूमिका प्रति असन्तुष्टि जनाउँदै उनले नेपाली काँग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ति आफूहरूलाई सधैँ स्वीकार्य हुन सक्दैन भन्ने चेतावनी दिएका हुन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ हाम्रो पार्टीले एमसीसीलाई राष्ट्रिय हित अनुरूप ठान्दैन ,तर गठबन्धन सरकारको कारणले पार्टी भित्र मतभेदको बिचमा बाध्यात्मक रू