राष्ट्रियसभामा ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरियो

काठमाडौं । राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको छ । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सोही सभाका सचिव डा. सुरेन्द्र अर्यालले दुवै विधेयक सभामा टेबुल गर्नु भएको हो ।बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय […]

सम्बन्धित सामग्री

एमालेको बहिष्कारकाबीच राष्ट्रियसभा बैठकबाट बजेटसँग सम्बन्धित तीन विधेयक पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहको बहिष्कारकाबीच राष्ट्रियसभा बैठकले बजेटसँग सम्बन्धीत विभिन्न तीनवटा विद्येयकलाई पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको छ । त्यसअघि बैठकमा अर्थमन्त्री जनार्दन शर्माले तीनवटै विधेयकलाई मुल […]

राष्ट्रपतिद्वारा बजेटसँग सम्बन्धित दुई विधेयक प्रमाणीकरण

काठमाडौं (अस) । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसँग सम्बन्धित दुईओटा विधेयकको प्रमाणीकरण गर्नुभएको छ । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)बाट पारित भएको आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपतिले बुधवार प्रमाणीकरण गर्नुभएको हो । केपी शर्मा ओली नेतृत्वको यसअघिको सरकारले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक वर्षको बजेट प्रतिस्थापन गर्न वर्तमान सरकारले संसद्मा प्रतिस्थापन विधेयक प्रस्तुत गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गरिएको थियो । बजेटसँग सम्बन्धित विधेयकहरूमध्ये विनियोजन विधेयक यसअघि नै प्रमाणीकरण भइसकेको छ । बाँकी दुई विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । आर्थिक विधेयक राजस्व संकलन र राष्ट्र ऋण उठाउने विधेयक वैदेशिक परिचालनसँग सम्बन्धित छन् । बजेटको लक्ष्यअनुसार राजस्व र वैदेशिक ऋण परिचालन गर्न यी दुई विधेयक आवश्यक पर्दछ । तीनओटै विधेयक प्रमाणीकरण भएसँगै अब सरकारलाई चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि बाटो खुलेको छ ।

दुवै सदनको बैठक बस्दै, यस्ताे छ कार्यसूची

संघीय संसदको दुवै सदनको बैठक आज बस्ने भएकाे छ । राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।