‘नदी दोहनमा संघीयदेखि स्थानीय तहसम्मको मिलेमतो’

रुपन्देहीको पाँच दलीय गठबन्धनले उपप्रधानमन्त्री राजेन्द्र महतोको भनाइले राष्ट्रियतामाथि गम्भीर खलल पुर्‍याउने आरोप लगाएका छन् । उनीहरुले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली नागरिक समक्ष उपप्रधानमन्त्रीलाई माफी माग्न र सो भनाइ फिर्ता लिन माग गरेका हुन् ।

सम्बन्धित सामग्री

प्रदेश १ को समृद्धिको आधार

पूर्वी नेपालका बेग्लाबेग्लै विशेषतायुक्त १४ ओटा जिल्ला समेटिएको १ नम्बर प्रदेशमा तराई, पहाड र हिमाली क्षेत्र समेटिएको छ । प्रदेशमा १ सय ३५ स्थानीय तह छन् । एक महानगरपालिका, दुई उपमहानगर, ४६ नगर र ८८ ओटा गाउँपालिका यो प्रदेशमा छन । प्रदेशका चौधै जिल्लामा गरी करीब साढे ४५ लाख जनसंख्या छ । स्रोतसाधनले सम्पन्न यसले कृषि, ऊर्जा, पर्यटन र औद्योगिकीकरणबाट विकास र समृद्धि प्राप्त हुन सक्छ । लगानी गर्ने वातावरण र स्रोतसाधन परिचालन गर्न सक्ने नेतृत्वको अभाव छ । सुशासन हुन सक्यो भने मात्र लगानी दीर्घकालीन र दिगो भएर जनताले पनि प्रतिफल पाउन सक्छन् । नेपालमा औद्योगिक विकासको शुरुआत यही प्रदेशबाट भएको हो । खनिजदेखि अन्य सबै स्रोतको भण्डार यहीँ छ, मात्र सुशासनको खाँचो छ । प्रदेश १ मा विकासको मुख्य आधार पर्यटन हुन सक्छ । यस्तै, कृषि, जलविद्युत्, उद्योगको पनि पूर्वाधार बनाउँदै, थप्दै विकासमा अघि बढ्दा समृद्ध प्रदेश बन्छ । धरानमा सम्पन्न एउटा कार्यशालामा कार्यपत्र प्रस्तोता स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले हालसम्म प्रदेश १ मा १२ हजार ९ सय ५३ मेगावाट जलविद्युत् उत्पादन क्षमता भएको जानकारी गराए । यो प्रतिशतमा कुलमध्ये १६ दशमलव १९ हो भने प्रदेश नं ७ र ५ पछिको ऊर्जा क्षमता हो । तर, योभन्दा पनि बढी विद्युत् उत्पादन क्षमता प्रदेश १ मा भएको उनको भनाइ छ । प्रदेश १ मा भएको तमोर, अरुण, दूधकोशी, लिखु, सुनकोशी, सप्तकोशीलगायत अन्य नदीमा २६ हजार ५ सय ४१ मेगावाटको जलविद्युत् उत्पादन क्षमता छ । तर, हालसम्म तमोरमा १६ मेगावाट, अरुणमा १०.६ मेगावाट र अन्यमा ७३.७ गरी सय मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । सबैभन्दा बढी प्रदेश ७ मा २२.६९ प्रतिशत र ५ मा १७.५४ प्रतिशत क्षमता छ । जलविद्युत्बाट विकास र समृद्धिको ठूलो सम्भावना छ । सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै सबैभन्दा होचो स्थान झापाको कचनकवलसमेत समेटिएको यो प्रदेशका हिमाली र पहाडी अनि केही तराईका क्षेत्र पर्यटकीय दृष्टिले महŒवपूर्ण छन् । पाथिभरा, वराहक्षेत्र, हलेसीजस्ता धार्मिक पर्यटनका केन्द्र पनि यो प्रदेशका आकर्षण हुन् । जैविक विविधता यहाँको अर्को विशेषता हो । कोशीटप्पु वन्यजन्तु आरक्ष, कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, गुराँसको राजधानीका रूपमा चर्चित तीनजुरे मिल्के जलजले क्षेत्रजस्ता पर्यटकीय आकर्षणका क्षेत्रको उपयोग गरी अधिकतम लाभ लिन सकिने अवस्था छ । सरकारको नीतिगत योजना अभाव र पर्यटनसँग सम्बद्ध सरकारी संयन्त्रहरू तल्लो तहसम्म नहुँदा पर्यटनले गति लिन सकेको छैन । प्रदेश नं १ मा पर्यटन प्रोडक्ट र ब्रान्ड तयार गर्न नसक्दा पनि पछि परेको हो । गन्तव्यसम्मको पहुँच मार्ग, सुविधा र पर्यटकमैत्री व्यवहारको पनि अभाव छ । पर्यटन विकासमा पनि सहकारिताको प्रयोग र अभ्यास गर्नुपर्छ । एक जिल्ला बहुगन्तव्य, एक गन्तव्य बहुआकर्षण, एक गाउँ एक लगानीको अवधारणामा जानुपर्छ । सगरमाथादेखि कञ्चनजंघासम्मको हिमशृंखला शिरमा बोकेको यो प्रदेशको पहाडी इलाकामा प्राकृतिक स्रोतको भण्डार छ । मेची, कोशी, अरुण, तमोर, माइलगायत प्रसिद्ध नदी–खोला यहीँ पर्छन् । प्राकृतिक स्रोत र मौलिक सांस्कृतिक पक्षलाई सदुपयोग गर्दै पर्यटक आकर्षित गर्न सके मनग्य आम्दानी गर्न सकिने अवस्था छ । पर्यटन विकास गर्न झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुममा ‘चिया पर्यटन’ को बेग्लै प्याकेज बनाउन सकिन्छ । यो प्रदेशको पर्यटन विकासका लागि एकीकृत पर्यटन व्यवस्थापन तथा विकास गुरुयोजना बनाउन आवश्यक छ । र्‍याफ्टिङ, क्यायाकिङजस्ता साहसिक जलक्रीडाका लागि यस प्रदेशका नदीहरू उपयुक्त छन् । यसक्षेत्रमा रहेका झर्नाहरूमा क्यानोनिङ विकास गर्न सकिन्छ । रक क्लाइम्बिङ, बन्जिजम्पिङ, माउन्टेन म्याराथन, हट बेलुनजस्ता साहसिक खेलको विकास गर्ने सम्भावना यस क्षेत्रमा मनग्य छ । राजधानी र पहाडी÷हिमाली क्षेत्र आउजाउ गर्न हवाइ सुविधा छ । विराटनगर, भद्रपुर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, खोटाङका लामिडाँडा, खाडीडाँडा र खामखर्क, सोलुखुम्बुको नाम्चेमा गरी १३ ओटा विमानस्थल यहाँ छन् । पूर्व–पश्चिम राजमार्ग, मेची, कोशी राजमार्ग, हुलाकी मार्ग, सिद्धिचरण राजमार्गलगायत सञ्चालनमा छन् । प्रदेश १ प्रकृति, हावापानी र भूगोलले खाद्य भण्डारका रूपमा रहेकाले हिमाल, पहाड र तराई सबै क्षेत्रमा बाली लगाउन मिल्छ । प्रदेश १ मा समुद्र सतहबाट ५० मीटरदेखि ५ हजार मीटर उचाइसम्म कृषि तथा पशुपालन गरिँदै आएको छ । कृषिबाट पर्यापर्यटनको अवधारणा पनि विकास गर्न तराईका मोरङ, सुनसरी र झापा अन्न उत्पादनका भण्डार मानिन्छ । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन बढाउने हो भने यी जिल्लाले सिंगो प्रदेशलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्छन् । वर्षमा सरदर १३ लाख मेट्रिकटन धान यी क्षेत्रमा उत्पादन हुन्छ । प्रदेश कृषि निर्देशनालयका अनुसार कृषिक्षेत्रको आधुनीकीकरण गर्न सके प्रदेशभरलाई पुग्ने खाद्यान्न यहाँ उत्पादन हुन सक्छ । औद्योगिक हिसाबले पनि प्रदेश अग्रणी छ । नेपालकै पहिलो उद्योगका रूपमा कहलिएको विराटनगर जुटमिल स्थापना भएपछि विस्तारै खुलेका उद्योगहरूका कारण यहाँ ‘सुनसरी–मोरङ औद्योगिक कोरिडोर’ स्थापना भएको छ । कोरिडोर क्षेत्रमा ठूला–साना गरी ५ सयभन्दा बढी उद्योग छन् । औद्योगिक–व्यापारिक दृष्टिले महŒवपूर्ण यो प्रदेशमा आर्थिक विकासको प्रशस्त सम्भावना छ । चीनसँगको किमाथांका नाका, ताप्लेजुङको ओलाङचुङगोला, इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको जोगबनी र सुनसरीको भण्टाबारी नाका व्यापारिक दृष्टिले महŒवपूर्ण छन् । प्रदेश १ मा आर्थिक विकासका प्रचुर सम्भावना छ । तर, सम्भावना दोहनमा राजनीतिक नेतृत्वमा स्पष्ट दृष्टिकोणको अभाव छ । नीतिगत अन्योल र अपर्याप्त लगानीका कारण प्रदेश १ ले अपेक्षित गति लिन नसकेको हो । कृषि, पर्यटन, जलस्रोत र उद्योग यहाँको विकासको मूल आधार हुन् ।

प्रदेश २ मा पर्यटन

प्रदेश २ का निजीक्षेत्रका व्यवसायीहरूले यस क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि पहल थालेका छन् । संघीयताको अभ्याससँगै प्रदेश र स्थानीय तहहरूले आआफ्नो क्षेत्रको सम्भाव्यता दोहनका लागि प्रयास गरेका छन् र यसमा निजीक्षेत्रको सक्रियता पनि देखिएको छ । सम्भाव्यता भएर पनि त्यसको दोहनमा नेपाल चुकिरहेको सन्दर्भमा यसरी प्रदेश र स्थानीय तह सक्रिय हुनु तथा त्यसमा निजीक्षेत्र बढी सक्रिय हुनु सकारात्मक कदम हो । २ नं प्रदेशमा रहेको जानकी मन्दिरलगायत धार्मिक स्थल र अन्य पर्यटकीय गन्तव्यहरू छन् । यहाँ आएका पर्यटकलाई मुलुकका अन्य भागमा लैजाने र अन्य भागमा आएका पर्यटकलाई यहाँ लैजाने वातावरण बनाउँदा पर्यटकको बसाइ अवधि र खर्चको सीमा बढाउन सकिन्छ । पर्यटन क्षेत्र नेपालको आर्थिक रूपान्तरणमा ठूलो सहयोगी क्षेत्र हो । खासगरी विदेशी मुद्राको आर्जन गर्न, आयको वितरण तल्लो तहसम्म पुर्‍याउन र रोजगारी सृजना गर्न पर्यटन क्षेत्र निकै ठूलो सहयोगी हुने देखिन्छ । नेपालको भौगोलिक बनोट र सांस्कृतिक विविधताका कारण नेपालको पर्यटन विशिष्ट छ । त्यसमा पनि उत्तरी छिमेकी चीन र दक्षिण छिमेकी भारत नेपालको पर्यटनको राम्रो बजार मानिन्छ । यी दुवै देशबाट आउने पर्यटनका रुचि र क्षेत्रमा पनि भिन्नता पाइन्छ । २ नं प्रदेशमा रहेको जानकी मन्दिरलगायत धार्मिक स्थल र अन्य पर्यटकीय गन्तव्यहरू छन् । यहाँ आएका पर्यटकलाई मुलुकका अन्य भागमा लैजाने र अन्य भागमा आएका पर्यटकलाई यहाँ लैजाने वातावरण बनाउँदा पर्यटकको बसाइ अवधि र खर्चको सीमा बढाउन सकिन्छ । उद्योग वाणिज्य महासंघ २ नं प्रदेशले यही सम्भाव्यतालाई बुझेर सक्रियता देखाएको छ । यस प्रदेशको पर्यटक प्रायः भारतीय तीर्थयात्रु नै बढी हुने गरेको पाइन्छ । खासगरी जानकी मन्दिर भारतीयहरूका लागि विशेष महत्त्वको रहेको छ । भारतीयहरूका लागि नेपालमा अवस्थित पशुपतिनाथ, मुक्तिनाथलगायतका स्थल निकै आकर्षक रहेको देखिन्छ । एक ठाउँमा आएका पर्यटक अर्को ठाउँमा जान मिल्ने गरी पर्यटकीय प्रडक्ट ल्याइएको छैन । साथै,  सडक पूर्वाधार पनि त्यसरी बन्न सकेको छैन । २ नं प्रदेशले यहाँको पर्यटनलाई पोखराको पर्यटनसँग जोड्न खोजेको छ जसले समग्रमा पर्यटन गतिविधिलाई बढी चलायमान बनाउनेछ । नेपालमा भारतीय पर्यटकहरूप्रति गरिने व्यवहार कतिपय ठाउँमा राम्रो छैन । कम खर्च गर्ने तथा यहाँ फोहोर मात्रै गरे जाने भनी भारतीय तीर्थयात्रुप्रति हेपाहा बानी पनि नभएको होइन । तर, नेपालको पर्यटनमा उनीहरूको योगदान ठूलै छ भन्ने बिर्सनु हुँदैन र उनीहरूसँग नम्र र शिष्ट व्यवहार गर्नु आवश्यक छ । यसका लागि पनि महासंघले पहल थाल्ने बताएको छ । पोखरा महानगरपालिकाले पनि यहाँको पर्यटन विकासका लागि दूरगामी रणनीति तय गरेको छ । पोखराले पर्यटकीय नगरीको पहिचान बनाइसकेकाले त्यहाँ दिगो पर्यटनको खाँचो छ । पोखरामा पनि भारतीय पर्यटकहरू प्रशस्त आउ“छन् र उनीहरू धार्मिकभन्दा पनि यहाँको प्राकृतिक सौन्दर्य र पर्यटकीय गतिविधिमा सहभागी हुन आउँछन् । यिनलाई पनि प्रदेश २ तर्फ आकर्षित गर्न आवश्यक छ । जानकी मन्दिर आस्थाको केन्द्र भए पनि यहाँ पर्यटकीय गतिविधि बढाउन थुप्रै सुधार गर्न जरुरी छ । यहाँ रहेका विभिन्न तलाउहरू फोहोर भएका छन् । तिनको धार्मिक महत्त्व भएकाले तिनलाई सफा राखी त्यहाँ विभिन्न गतिविधि गराउन सकिन्छ । यहाँ १५ दिनसम्म चल्ने मिथिला परिक्रमा विशेष महत्त्वको रहेको छ, जसमा भारतीय तीर्थयात्रुको संख्या उल्लेख्य रहेको हुन्छ । तर, यसको प्रचार र व्यवस्थापन पर्याप्त हुन सकेको छैन । यस ठाउँको प्राचीन महत्त्व कायम गर्न पनि सकिएको छैन । भारतको वृन्दावन परिक्रमा जस्तै यसलाई पनि विशेष बनाउन सकिन्छ । साथै, भगवान् रामचन्द्रसँग सम्बद्ध विभिन्न कथाहरूलाई डिजिटल दृश्यमा प्रस्तुत गर्न सकिन्छ । हवाई यात्राबाट यस ठाउँमा आउन त्यति सहज छैन । पर्याप्त मात्रामा स्तरीय होटेलहरू पनि यहाँ खासै पाइँदैन । यी सबै पक्षमा सुधार गर्ने हो भने प्रदेश २ मा पनि पर्यटनबाट निकै लाभ लिन सकिन्छ ।

वडाध्यक्षकै घर खोलामाथि

काठमाडौँ महानगरपालिका–६ र बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ भएर बग्ने यज्ञमती र चखुँचाखोला अतिक्रमणमा तत्कालीन स्थानीय निकाय र प्राविधिकहरू पनि संलग्न रहेको पाइएको छ । बुढानीलकण्ठ नगरपालिकाका प्रमुख एवं तत्कालीन कपन गाउँ विकास समितिका अध्यक्ष मिठाराम अधिकारीसहितका जनप्रतिनिधिले चखुँचा र यज्ञमतीखोला दोहनमा भूमाफियाको साथ दिएको खुलेको छ । नगर प्रमुख अधिकारीले स्थानीय तह निर्वाचनपछि जिम्मेवारी सम्हालेपछि पनि उक्त क्षेत्रमा खोला मिचेर घर बनाउने गरी नक्सा पासको कार्य रोकिएको छैन । उहाँले खोला मिचेर बनाउँदै गरेका संरचनाको नियमन गर्नुभएको छैन ।