पाँचथर - आज महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती मनाइँदैछ । विशेषगरी किरात समुदायमा गुरु फाल्गुनन्दको योगदान स्मरण गरी सम्झना गर्ने गरिन्छ । फाल्गुनन्द जयन्तीको अवसरमा किरात समुदायका अगुवाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
१९४२ सालमा पूर्व नेपालको इलाममा जन्मिएका महागुरु फाल्गुनन्दको पूर्वी नेपालका विभिन्न ठाउँमा किरातहरूको मग हिम मन्दिरको स्थापना गर्न योगदान छ । किरात समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अझ प्रगाढ बनाउन अनि शिक्षाको प्रादुर्भाव गर्न गुरु फाल्गुनन्दको विशेष भूमिका रहे...