नेकपा एमालेको महाधिवेशन नजिकिँदै जाँदा पूर्वमाओवादी समूहका नेताहरु अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट देखिएका छन् । अध्यक्ष ओलीसँग भएको मौखिक सहमति अनुसार महाधिवेशन प्रतिनिधि छनोट नभएको भन्दै पूर्वमाओवादी नेताहरु चिढिएका हुन् ।पूर्वमाओवादी समूहका एक एमाले नेताका अनुसार अध्यक्ष ओलीसँग भएको सहमतिअनुुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एकजना महाधिवेशन प्रतिनिधि पूर्वमाओवादी समूहबाट पर्नुपर्ने शर्त थियो । त्यसैगरी, जनवर्गीय संगठन र दलित नेता भएको स्थानबाट एक÷एकजना महाधिवेशन प्रतिनिधि