ताप्लेजुङ – अलैँचीको भाउ किनेको भन्दा प्रतिमनमा (४० केजी) २० हजार रुपैयाँसम्मले घटेपछि अलैँची गोदाममा थन्किएको छ । प्रतिमन ४८ हजार रुपैयाँमा किनेको अलैँची अहिले प्रतिमन २८ हजार रुपैयाँमा झरेको व्यापारीहरू बताउँछन् ।
अलैँची व्यापारी भद्रवीर रेग्मीले गुनासाे गर्दै भन्नुभयो, ‘प्रतिमन ४८ हजारमा अलैँची किने, अहिले २८ हजारमा आइपुग्यो, कति घाटा भयो आफैँ हिसाब गर्नुस् ।’ पाँच सय मन अलैँचीमा घाटा भएको उहाँले सुनाउनुभयाे ।
थोरै लगानी र मेहनतमा धेरै आम्दानी गर्ने उद्देश्यले...