निर्माण व्यवसायीसँग सहकार्य गर्न सरकार तयार छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएका छन् । बिहीबार नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग भेट्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । सो अवसरमा मन्त्री शर्माले स्वच्छ प्रतिस्पर्धा सहित व्यवसायिक क्षमता मूल्याङ्कन गरी व्यवसाय गर्न र क्राइटेरियाको लागि एसबीडी (स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट)मा गर्नुपर्ने संशोधन बारे सरकारलाई सुझाव दिन महासंघसँग आग्रह गरे । तर, केही व्यवसायीमा काम लिने

सम्बन्धित सामग्री

उद्योगी-व्यवसायीको माग सम्बोधन गर्न सरकार तयार: अर्थमन्त्री शर्मा

सरकारको नीति तथा कार्यक्रम उद्योगी–व्यवसायीको पक्षमा दखिए पनि अक्षरशः कार्यान्वयन नहुँदा आफूहरूले अनावश्यक दुःख झेल्नुपरेको भन्दै व्यवसायीले लगानीमैत्री वातावरणसहित उद्योगी व्यवसायीलाई साथमा लिएर अघि बढ्न सरकारसँग अनुरोध गरे।...

एमालेलाई अनैतिक लाग्दैमा राजीनामा दिन्न : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले देश र जनताको पक्षमा आगामी आर्थिक वर्षको बजेट ल्याएकै कारण विपक्षलाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । सोमवार राष्ट्रिय सभामा विनियोजित बजेटका विकासमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट देश र जनताको पक्षमा ल्याएको कारण विपक्ष दललाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । उनले करका दर परिर्वतन भएको विषयमा आफू र सरकार जवाफदेही र जिम्मेवारसमेत रहेको बताए  । मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीको व्यक्तिगत नभएर प्रतिष्ठित व्यवसायी, अर्थविद्,नागरिक र सबै सांसदहरु सुझावको आधारमा ल्याएको दाबी गरे ।उनले बजेट कार्यान्वयन गर्दा आयात प्रतिस्थापन, गरिबी हटाउने र मानव विकास सूचाङ्क वृद्धि गर्ने अंक नै बजेटमा समावेश गरिएको बताए ।मन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा  औधोकिकरण,उत्पादन र आयात प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्ने दाबी गरे ।उनले भने ,‘कार्यान्वयन गर्दै जाँदा लक्ष्य तोकेको छ । यति प्रतिस्थापन गर्ने,यति गरिबी हटाउने,मानव सूचाङ्क यति वृद्धि गर्ने भनेर तोकिएका आँकडाहरु छन् । तोकिएका आँकडामा बजेट कार्यान्वयन हुने बाट भोलि देशको औद्योगिकरणमा आउने परिवर्तन, उत्पादन र प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्नेछ । जवाफ दिनेछ । सही थियो की गलत थियो त्यतिबेला पुष्टि हुनेछ । यति बेला मैले भन्न सक्ने कुराहरु होइन । यो बजेट अर्थमन्त्रीले व्यक्तिगत रुपमा होइन,यो देशमा प्रतिष्ठित व्यवसायीहरु, अर्थविद्हरु,नागरिकहरु र सबै मान्य सदस्यज्युहरुको सुझावका आधारमा प्रश्तुत गरिएको हो । यो बजेट देश र जनताको पक्षमा ल्याएको कारणले कसैलाई अनैतिकलागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यही गर्नुपर्छ भन्ने होइन । यो इतिहासले पुष्टि गर्ने छ । त्यसप्रति म जवाफदेही छु । मैले गरेकानिर्णयहरुमा पूर्वरुपमा जवाफदेही छु । मैले त्यो जिम्मा लिएको छु । लिन तयार पनि छु । अहिलेको सरकार तयार छ ।’अर्थमन्त्री शर्माले करका दर रेट घटाउने र बढाउने विषय अर्थमन्त्रीको क्षेत्र अधिकारको भएको बताए । उनले अर्थमन्त्रीले बजेटनल्याएर,करका दर रेटलाई घटबढ नगरेर अरु के गर्नु पर्ने थियो ? भन्दै प्रश्न गरे । मन्त्री शर्माले आगामी आर्थिक वर्षको सरकारको नीति तथाकार्यक्रम र बजेटमा आर्थिक समृद्धि, आत्मनिर्भता,गरिब कम गर्ने र व्यवसायीक क्षेत्रलाई प्रोत्साहन गर्नेगरी ल्याउने अर्थमन्त्री अनैतिक नहुने बताए । उनले करका दर रेट घटाउनु र बढाउनु अर्थ मन्त्रालयको मुख्य काम भएको बताए । मन्त्री शर्माले मुलुकको वर्तमान आर्थिक अवस्थालाई हेरेर करका दर घटाउन बढाउन आवश्यक रहेको बताए  । अर्थमन्त्रीले करको दर रेट आवश्यकता अनुसार बढाउन र घटाउन दुवै पाइने दाबी गरे ।उनले भने ,‘ बजेटका कार्यक्रम कार्यान्वयनको सन्दर्भमा सरकारका संरचनालाई सुदृढ गर्ने कानूनहरुलाई राम्रा बनाउने र सँगै आम जनतालाई बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहभागी गराउने बजेटले उल्लेख गरेको छ ।  करको दर रेटको सन्दर्भमा अर्थमन्त्रीले करको दर रेट घटायो बढायो भन्ने प्रश्न उठ्छ । करका दर रेट घटाउनु बढाउनु अर्थमन्त्रालयको मुख्य कुरा हो । उसले करका दर रेट घटाउँछ बढाउँछ । त्यो जरुरी र आवश्यक कुरा हो । तर त्यो बढाउँदा जनतालाई के भयो । देशलाई के भयो भन्ने कुरा हो । जनताले दैनिक उपभोग गर्ने उपभोग्य सामग्रीमा बढायो की ? देश र उद्योगलाई असर पर्ने गरी बढायो की भन्ने छलफलको विषय  हो । बढाउन पाइँदैन बढाउन र घटाउन दुबै पाइन्छ । मन्त्रालयको बढाउने घटाउने काम र भित्रको अधिकार हो ।त्यसले देशलाई हित ग¥यो की गरेन भन्ने प्रश्न हो । अहिलेको नीति तथा कार्यक्रम र बजेट जुन रुपले आएको छ त्यसले नयाँ समृद्धि , आत्मनिर्भता,गरिब तल्लो वर्गलाई समेट्ने गरी र व्यवसायीक क्षेत्रलाई प्रोत्साहन गर्ने गरी ल्याएको बजेट कसरी अनैतिक भयो अर्थमन्त्री ? यो प्रश्न आइरहेको छ । के अर्थमन्त्रीले बजेट नल्याएर,करका दर रेटलाई घटबढ नगरेर अरु के गर्नुपर्ने थियो त ? यो अधिकार क्षेत्र भित्रको कुरा हो । नेपाल सरकारको कार्यविधि र नियमावलीले दिएको कुरा हो । यसलाई कथा बुनेर अर्कोतिर लग्ने भन्दा पनि बजेट कार्यान्वयन जोड दिनु राम्रो हुन्छ ।’अर्थमन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा सरकारका संरचनालाई सुदृढ गर्ने कानूनहरुलाई राम्रो बनाउने र सँगै आम जनतालाई बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहभागी गराउने विषय बजेटमा उल्लेख गरेको बताए ।

बजेटले पारेका अप्ठेरा सम्बोधन गर्न सरकार तयार : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारको उद्देश्य स्वदेशी उद्योगको संरक्षण एवं प्रवर्घन नै रहेको भन्दै बजेटले पारेका अप्ठेरा सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । पूर्वका उद्योगी व्यवसायीसँग शुक्रबार मन्त्रालयमा भएको छलफलका क्रममा मन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुक भित्रै औद्योगिकरण बिस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको पनि दाबी गर्नुभयो […]

रुस-युक्रेन युद्ध अन्त्य गर्न बुद्धको सन्देश पठाएको छु - अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले रुस-युक्रेन युद्ध समाधान गरेर शान्ति स्थापना गर्न आफूले बुद्धको सन्देश पठाएको बताएका छन् ।सोमवार होटेल याक एण्ड यतीमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री शर्माले युद्धका कारण नेपालको अर्थतन्त्र प्रभावित भएको भन्दै शान्ति स्थापनाका लागि बुद्धको सन्देश पठाइएको बताए । 'हामीले त के गर्न सक्छौं र, बुद्धको सन्देश पठाइदिने हो, शान्ति स्थापना गर भन्ने हो,' शर्माले भने, 'अस्ति केही साथीहरूलाई मैले भनेको थिएँ, बुद्धको सन्देश त्यहाँ पठाइदिनुस । यहाँ अर्थतन्त्रमा गाह्रो पर्यो । उनीहरूले तत्काल युद्ध अन्त्य गर्नुपर्यो ।'अर्थमन्त्री जनार्दन शर्माले निजि क्षेत्रलाई कानुनी, नीतिगत वा प्रशासनिक जटिलता भए त्यसको जानकारी दिन आग्रह पनि गरे । उनले  कानुनी, नीतिगत वा प्रशासनिक जटिलताको समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताएका छन् ।उनले निजी क्षेत्रले अर्थतन्त्रको ७० प्रतिशत ओगटेकोले ७० प्रतिशत अर्थमन्त्रालय निजि क्षेत्र कै रहेको बताए । उनले कानूनी र नीतिगत काम केके गर्नुपर्छ त्यसको जानकरी पनि दिन आग्रह गरे । उनले लगानी ल्याउन आग्रह गर्दै सरकारले ५० वर्षको लागि जग्गा उपलब्ध गराउने बताए । उनले अहिलेको फोकस भनेको उत्पादनमुखी अर्थतन्त्र रहेको र त्यसको शुरुवात कृषिको रुपान्तरण तथा आधुनिकीकरण गर्ने,र  उद्योगसँग जोड्ने कुराबाट शुरू गर्नु पर्ने बताए ।

सरकार उत्पादनमूलक अर्थतन्त्र निर्माणमा लागिपरेको छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारको लक्ष्य उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने रहेको बताएका छन् । शुक्रबार पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्न चाहेकाले त्यसका लागि अग्रसर हुने व्यवसायीलाई आवश्यक सुविधा दिने बताए । ‘उद्योगधन्दा खोल्नका लागि चाहिने सुविद्या दिन सरकार तयार छ’, उनले भने,‘भन्सार, विद्युत र कर लगायतमा सरकारले छुट दिन तयार छ ।’ अर्थमन्त्री शर्माले देशमा उत्पादित ५ सय मेघावा

उद्योगहरुको प्रवद्र्घनबाट मात्रै आर्थिक विकास सम्भव : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रुपमा रहेका साना तथा मझौला उद्योगहरुको प्रवद्र्घनबाट मात्रै आर्थिक विकास सम्भव भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग मन्त्रालयमा भएको भेटका अवसरमा उनेले साना उद्योगको संख्या, अवस्था र समस्याका बारेमा छलफल गर्न सरकार तयार रहेको बताए ।आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन औद्योगीकरण नै मुख्य आधार भएको […]

निर्माण व्यवसायीसँग सहकार्य गर्न सरकार तयार : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जर्नादन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएक छन् ।नेपाल निर्माण व्यवसायी महासंघसँगको छलफलमा मन्त्री शर्माले स्वच्छ प्रतिस्पर्धासहित व्यवसायिक क्षमता मुल्यांकन गरी व्यवसाय गर्न र क्राइटेरियाको लागि एसबीडी (स्ट्यान्र्डड बिडिङ डकुमेन्ट) मा गर्नुपर्ने संशोधनको सुझाव दिन सल्लाह दिए । केही व्यवसायीमा काम लिने तर […]

निर्माण व्यवसायीसँग सहकार्य हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसायीविना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डललाई आज मन्त्रालयमा भेट्नुहुँदै अर्थमन्त्री शर्माले स्वच्छ प्रतिस्पर्धासहित व्यावसायिक क्षमता मूल्याङ्कन गरी व्यवसाय गर्न र प्रक्रियाका लागि एस बिडी ९स्ट्यान्र्डड बिडिङ डकुमेन्ट० मा गर्नुपर्ने संशोधनको सुझाव दिन सल्लाह दिनुभयो […]