काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा रहेका जातजातिलाई तथ्याङ्कका नाममा फुटाउने काम नहुने बताउनुभएको छ ।
नेपाल मगर सङ्घले भूम्या पर्व २०८० को अवसरमा आज शुक्रवार काठमाण्डौको खुलामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘फुटाउने काम हुँदैन, जातिलाई फुटाउन हुँदैन भन्नेमा म स्पष्ट छु ।’
प्रधानमन्त्रीले मगरलगायत अरू आदिवासी समुदायलाई केन्द्रीय तथ्याङ्क कार्यालयले जनगणनाका क्रममा विभाजित गरेको गुनासो आफूसमक्ष आएको र त्यसलाई सच्याउन निर्देशन दिने बताउनुभयो ।
...