विश्वकप फुटबल छनौट: इटाली, इंग्ल्याण्ड, फ्रान्स र स्पेन विजय : RajdhaniDaily.com -

RajdhaniDaily.com | साविक विजेता फ्रान्सले विश्वकप फुटबल छनौट खेलमा बोस्निया हर्जगोभिनालाई १–० ले हराएको छ । बोस्नियालाई उसैको मैदानमा हराउन फ्रान्सका एन्टोनियो ग्रेजम्यानले -

सम्बन्धित सामग्री

फिफा विश्वकप फुटबल ड्र  : उपाधि दाबेदार जर्मनी र स्पेन एकै समूहमा

चैत १९,  काठमाडौं । कतारमा आयोजना हुन गइरहेको फिफा विश्वकप फुटबलको ड्र सार्वजनिक गरिएको छ । नोभेम्बर र डिसेम्बरमा त्यहाँ हुने विश्वकपमा  जर्मनी र स्पेन  एकै समूहमा परेका छन् । शुक्रवार राति कतारको दोहामा आयोजित एक कार्यक्रमका बीच विश्वकपको ड्र सार्वजनिक गरिएको हो । सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारको दोहामा सम्पन्न ‘ड्र’ ले प्रतिद्वन्द्वीहरू विभाजन गरेको हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेयता विश्वकप पहिलो पटक एशियाली राष्ट्रमा हुँदै छ । उपाधि दाबेदार जर्मनी र स्पेन एकै समूहमा परेका छन् । समूह ‘ई’ मा स्पेन, जर्मनी र जापान छन् । यस्तै कोस्टारिका र न्युजिल्याण्ड बीचको अन्तर महादेशीय प्लेअफको विजेता यस समूहमा हुने छन् । भू–राजनीतिक प्रतिद्वन्द्वी अमेरिका र इरान पनि एकै समूह ‘बी’ मा परेका छन् । सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्स समूह ‘डी’ मा परेको छ । उक्त समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ । लियोनल मेस्सी र रोवर्ट लेवान्डोस्कीको टोली समूह चरणमै भिड्ने भएका छन् । समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् । क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल सहज समूह ‘एच’ मा छ । यस समूहमा उरुग्वे, दक्षिण कोरिया र घाना पनि छन् । विश्व नम्बर एक ब्राजिलसहित  स्वीट्जरल्याण्ड, सर्बिया र क्यामरुन  समूह ‘जी’ मा रहेको छ । आयोजक कतारसँगै नेदरल्यान्ड्स, सेनेगल र ईक्वेडर समूह ‘ए’ मा छन् । यसैगरी समूह बी मा इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/युक्रेन/स्कटल्याण्ड) छन् भने समूह एफमा बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा छन् । कुन समूहमा कुन -  कुन राष्ट्र ? समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/ युक्रेन/ स्कटल्याण्ड) समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, (युएई/ अष्ट्रेलिया/ पेरु) समूह ई – स्पेन, जर्मनी, जापान, (कोस्टारिका/ न्युजिल्याण्ड) समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन, समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

कतार २०२२ विश्वकप ड्र सार्वजनिक : कुन टिम कुन समूहमा ?

कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक भएको छ। कतारको राजधानी दोहामा जारी फाइनल ड्रको पहिलो राउन्ड अन्तर्गत पोट ‘ए’ मा रहेका आठ टोलीलाई आठ समूहमा विभाजन गरिएको थियो। फिफा विश्व वरीयतामा आधार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिएको हो। विश्वकपमा छनोट भइ सकेका २९ टोलीलाई आज ८ भागमा विभाजन गरिएको छ। समूह ‘ए’ :कतारनेदरल्यान्डसेनेगलइक्वेडरसमूह ‘बी’ :इङ्ल्यान्डअमेरिकाइरानवेल्स/स्कटल्याण्ड/युक्रेनसमूह ‘सी’ :अर्जेन्टिनामेक्सिकोपोल्याण्डसाउदी अरेबियासमूह ‘डी’ :फ्रान्सडेनमार्कट्यूनिसियायुएई/अष्ट्रेलिया/पेरूसमूह ‘ई’ :स्पेनजर्मनीजापानकोष्टारिका/न्यूजिल्याण्डसमूह ‘एफ’ :बेल्जियमक्यानडाक्रोएसियामोरक्कोसमूह ‘जी’ :ब्राजिलस्वीटजरल्यान्डसर्बियाक्यामरूनसमूह ‘एच’ :पोर्चुगलउरुग्वे दक्षिण कोरियाघानायसरी गरिएको थियो छनोटपोट १ कतारइङ्ल्यान्डअर्जेन्टिनाफ्रान्सस्पेनबेल्जियमब्राजिलपोर्चुगलपोट २ :मेक्सिकोनेदरल्यान्ड्सडेनमार्कजर्मनीउरुग्वेस्वीजरल्यान्डअमेरिकाक्रोएसियापोट ३ :सेनेगलइरानजापानमोरोकोसर्बियापोल्यान्डकोरियाटुनिसियापोट ४ :क्यामरूनक्यानडाइक्वेडरसाउदी अरेवियाघानाअन्तर्राष्ट्रिय प्लेअफ १ र २ बाट आएका दुई टोलीयूईएफए प्लेअफको विजेता

विश्वकप फुटबलमा छनोट भएका यूरोपका १० टोली (सुचीसहित)

एजेन्सी, १ मंसिर । विश्वकप फुटबल खेल्ने यूरोपका १३ मध्ये १० टोलीको टुंगो लागेको छ । बाँकी ३ टोली प्ले अफबाट छनोट हुनेछन् । यसपटक यूरोपका फुटबल महाशक्तिहरु नै विश्वकपमा छनोट भएका छन् । साविक विश्व विजेता फ्रान्स, फिफा वरियताको नम्बर एक टोली बेल्जियम, चारपटकको विश्वकप विजेता भइसकेका जर्मनी, स्पेन पनि छनोट भए । इंग्ल्यान्ड […]

फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी : RajdhaniDaily.com -

फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी: RajdhaniDaily.com | लन्डन । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समूहको खेलमा गएराति फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी भएका छन् । साविक विश्व विजेता फ्रान्सले -