२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सोमबार नेपालका विभिन्न राष्ट्र भाषाहरुका गीतहरुको प्रस्तुति ‘हाम्रो निधिः हाम्रो संस्कृति’ नामक साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रममा नरेश प्रजापति समूहले नेवारी धुन, सुमन लिम्बू, दिवश पयाङ्गु लगायतको समूहले लिम्बू भाषाको गीत, बन्दना मैनालेले भोजपुरी भाषाको गीत, छेवाङ तेन्जिङ लामा, सीता घ्लान लामा, प्रमला दङ लामा, जुना मोक्तान सोनम लामा, विजय रुम्बा लगायतको समूहले