काठमाडाैं। नेपाल-चीन क्रस-बोर्डर रेलवेको सम्भाब्यता अध्ययन र सर्वेक्षण गर्न एक चिनियाँ विज्ञ टाेली आज काठमाडाैं आइपुगेको छ। काठमाडाैंस्थित चिनियाँ दूतावासका उपनियाेग प्रमुख वाङ सिनले उनीहरुलाई विमानस्थलमा स्वागत गरेका थिए। चिनियाँ दूतावासले यसलाई दुई देशका नेताहरुको सहमतिको महत्वपूर्ण कार्यान्वयन भनेकाे छ। नेपाल-चीन क्रस-बोर्डर रेलवेले नेपाललाई भूपरिवेष्ठितबाट भू-जडित देश बनाउने दूतावासले जनाएको छ।