लामो समय शैक्षिक क्षेत्रमा बिताएका उमेश श्रेष्ठ अहिले चितवनमा चुनावी दौडमा छन्। कानुनी पृष्ठभूमिका यहीँका अनुभवी सांसद कृष्णभक्त पोखरेल र मिडियाबाट चर्चा बटुलेका रवि लामिछानेसँग नेपाली कांग्रेसका श्रेष्ठको कडा प्रतिस्पर्धा हुने आँकलन छ। चितवनमा प्रत्यक्ष रुपमा राजनीतिमा उत्रिनुअघि व्यवसायसमेत विस्तार गरिसकेका छन् उमेश श्रेष्ठले। समानुपातिक सांसदका रुपमा प्रतिनिधिसभामा अनुभव लिइसकेका उनले…