सिमकोट – उत्तरी क्षेत्रको नेपाल र चीनको सीमानाका हिल्सा सञ्चालनमा आएलगत्तै हिल्सामा कोरोना परीक्षणलाई अनिवार्य गरिएको छ। हिल्सा नाका हुँदै चीनको पुराङ काउण्टीको ताक्लाकोट जाने नेपालीलाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरेपछि एन्टिजेन विधिबाट कोरोना संक्रमण परीक्षण गर्ने नियम हिल्सामा लागू गरिएको हो। नाम्खा गाउँपालिका याल्बाङ स्वास्थ्य चौकी संयोजक ग्याछो लामाका अनुुसार व्यापार व्यवसाय गर्न ताक्लाकोट […]