काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विसर्जन गर्ने नुवाकोटको सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन्। उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जनस्थल सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्र दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताए।त्यसका लागि आफूले विज्ञहरुसँग आवश्यक छलफल गरेको पनि उनले बताए। मेयर साहले ३ महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरु गरेर त्यहाँको फ