एजेन्सी । भारतको हिमाञ्चल प्रदेशका विधायक नरिन्दर बरागटा को निधन भएको छ । उनी केही दिन अगाडि कोरोना संक्रमणबाट मुक्त भएका थिए । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । कोरोना संक्रमणमुक्त भए पनि उनको स्वास्थ्यमा समस्याहरु देखिएका थिए । उनलाई चण्डीगढको अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो ।