तुलसीपुरमा पनि मास्क अभियान सुरु (फोटो फिचर)

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि दाङमा सचेतना अभियान सुरु भएको छ । जिल्लाको तुलसीपुरमा कोरोना सचेतना प्रदान गर्दै सरोकारवालहरु सडकमा निस्किएका छन् । कोरोना संक्रमण रोक्ने प्रमुख आधार मास्क नै भएको भन्द तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन शाखाको अगुवाईमा मास्क खोई अभियान सुरु भएको छ । तुलसीपुर उपमहागरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यलय तुलसीपुर, सशस्त्र प्रहरी बल बेस क्याम्प तुलसीपुर, मधेश मानव अधिकार संघ, रिपोर्टर्स क्लव दाङलगायतको सहकार्यमा मास्क खोई अभियान सञ्चालनमा आएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मास्क बितरण अभियान सुरु गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जानकारी दिनुभयो । ‘चाड पर्व नजिकिएसँगै बजारमा अस्वभाविक भिडभाड सुरु भएपछि कोरोना संक्रमण रोकथाम गर्न मास्क खोई अभियान सुरु गरेका छौं’, अध्यक्ष चालिसेले भन्नुभयो, ‘म पनि मास्क लगाउँछु अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु । म जिम्मेवार नेपालीलगायतका सचेतनामुलक नारा लिएर नागरिकलाई मास्क लगाउन प्रेरित गरिरहेका छौं । हाम्रो अभियानले सार्थकता पाउँदै गएको छ ।’

सम्बन्धित सामग्री

मास्क अभियान

कोरोना भारस संक्रमण पुनः बढ्न थालेपछि देशव्यापी रुपमा मास्क अभियान चलिरहेको छ । यस क्रममा कोभिड–१९ न्यूनीकरणका लागि तनहुँको बन्दिपुरमा सर्वसाधारणलाई मास्क वितरण गर्दै प्रहरी । तस्वीर- कृष्ण न्यौपाने, रासस

लमजुङमा नेपाल मास्क अभियान सुरु

लमजुङमा बजार क्षेत्रमा सचेतना फैलाउँदै नेपाल मास्क अभियान सुरु गरिएको छ । सरकारले शनिबारदेखि शुरू गरेको उक्त अभियानलाई साथ दिदै  लमजुङमा पनि सोमबारदेखि नेपाल मास्क अभियान  सुरु गरिएको छ ।...

सुरु भयो मास्क अभियान : नवनिर्मित धरहरालाई मास्क ! (तस्बिरहरु)

शनिबारदेखि मास्क एक हप्ते मास्क अभियान सुरु भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक साता लामो मास्क अभियान सुरु गरेको हो । अभियान राजधानीको नवनिर्मित धरहराबाट सुरु गरिएको हो।  धरहरामा प्रोजेक्टरमार्फत नेपाल मास्क अभियानको ब्यानर देखाइएको थियो।कोभिड १९ को तेस्रो लहर शुरु हुन थालेको अवस्थामा मास्क लगाउन सबैलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ अभियान सुरु गर्न लागिएको हो ।

धरहराबाट सुरु भयो मास्क अभियान

काठमाडौं सुन्धारास्थित नवनिर्मित धरहरामा प्रकाश पारेर नेपालमा मास्क अभियान सुरू भएको छ।

धरहरामा ‘नेपाल मास्क अभियान’

लाइटद्वारा प्रोजेक्सन गरिएको सन्देशमा भनिएको छ, ‘नेपाल मास्क अभियान, म जिम्मेवार नेपाली ।’ धरहराको पुनर्निर्माण भएपछि पहिलोपटक स्वास्थ्य मन्त्रालयले अभियानको प्राजेक्सन गरेको हो ।

आजदेखि एक हप्तासम्म देशभरि मास्क अभियान

आजदेखि देशभर मास्क अभियान सुरु हुँदैछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुक्रवारसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो।

शनिबारदेखि मास्क अभियान सुरु

काठमाडौं, साउन २२ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण गर्न शनिबारदेखि २९ गतेसम्म नेपाल मास्क अभियान सुरु गर्ने भएको छ । मन्त्रालयले शुक्रबार गरेको भर्चुयल पत्रकार सम्मेलन गरी संक्रमण नियन्त्रणका लागि जनचेतना फैलाउन देशव्यापी रुपमा मास्क अभियान कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइयो । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जनस्वास्थ्यको मापदण्डमा कडाइ गर्न म पनि […]

एक साता मास्क अभियान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ ।मन्त्रालयका सहप्रवक्ता डा […]

नेपाल मास्क अभियान सञ्चालन गरिने

काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले कोरोना महामारी नियन्त्रणका लागि नेपाल मास्क अभियान सञ्चालन गर्ने भएको छ।निरन्तर बढिरहेको कोरोना संक्रमणलाई ध्यानमा राख्दै नियन्त्रण र संक्रमणलाई थप भयावह बन्न नदिन मास्क अभियान सञ्चालन गरिएको केन्द्रले जनाएको छ। सूचनामा कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा जिम्मेवार बनाउन २३ साउनबाट देशव्यापी रुपमा अभियान सञ्चालन गरिन लागेको उल्लेख छ।

सरकारले ‘नेपाल मास्क अभियान’ सञ्चालन गर्दै

२० साउन, काठमाडौं । सरकारले साउन २३ देखि २९ गतेसम्म ‘नेपाल मास्क अभियान’ सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मास्क लगाउने तरीकालाई व्यवस्थित बनाउनका लागि यो अभियान सञ्चालन गरिने बताए । ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु,’ म जिम्मेवार […]