काठमाण्डौ – पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक दलहरूका व्यवहारका कारण प्रतिनिधिसभा र प्रदेशसभा चुनाव–२०७९ मा मतदान गर्नेहरूमा कमी आएको टिप्पणी गर्नु भएको छ ।
राजनीतिक दलहरूको व्यवहारबाट बिरक्तिएका र मतदाताहरूलाई सचेत बनाउन नसकिएका कारण यो चुनावमा मतदान गर्नेहरूको सङ्ख्यात्मक परिणाम घट्न गएको उहाँको निष्कर्ष छ ।
आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले बुधबार काठमाण्डाैमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ...