काठमाण्डाै – गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ । नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । यसअघि केसीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सुन व्यवसायीसँग घुस मागेको आरोपमा गएकाे आइतवार राति पक्राउ गरेको थियो । सुरुमा ब्युरोले बुटबलका खिलेन्द्रसिंह जिसीलाई एक रिसोर्टबाट नौ लाख ५० हजार...