इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहसचिव विनोद प्रकाश सिंहले उनलाई निलम्बन गर्ने निर्णय गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्नुपर्ने भन्दै प्रहरी प्रधान कार्यालयमा लेखेर पठाएको थियो । ‘गृह मन्त्रालयले डीएसपी केसीलाई निलम्बन गरेको छ’ प्रहरी प्रवक्ता (डिआइजी) टेक प्रसाद राईले रातोपाटीसँग भने–‘उनीविरुद्ध लागेको आरोपबारे छानबिन भइरहेको छ ।’‘घुस’ बार्गेनिङ गर