काठमाडौं : चितवनको भरतपुर महानगरपालिका प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट विजय सुवेदी र पाँच दलीय गठबन्धनका तर्फबाट रेनु दाहालले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा पुगेर उनीहरुले मनोनयन दर्ता गराएका हुन्। एमालेले भरतपुर महानगरमा राप्रपासँग चुनावी तालमेल गरेको छ। महानगरको उपमेयरमा राप्रपाकी हिमला गुरुङ उपमेयर उम्मेदवारी दिएकी छन्। यस्तै, गठबन्धनको तर्फबाट उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। पा