काठमाडौं । सरकारले कर तिर्ने समय १ महिना थप गरेको छ । कानूनअनुसार यहि भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने गत साउन महिनाको कर तिर्नका लागि १ महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागले जनाएकाे हाे । कर तिर्ने समय एक महिना थप्ने निर्णय भइसकेको र छिट्टै राजपत्रमा सूचना प्रकाशित हुने भएकाे छ । मूल्य अभिवृद्धि कर […]
सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा क्षति तथा आगजनी भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार प्रदेशभर प्रदर्शनकारीले सरकारी भवन, राजनीतिक दलका कार्यालय र निजी घरहरूमा समेत आगजनी र तोडफोड गरेका छन् । प्रहरीले तथ्याङ्क सङ्कलन गरिरहेको छ । आन्दोलनमा पाँचवटा सङ्घीय कार्यालय, सात प्रादेशिक कार्यालय, […]
मधेश प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । जनमतबाट मन्त्री भएका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री बसन्त कुशवाह र वनमन्त्री रहेका सञ्जय यादवले मंगलबार साँझ राजीनामा दिएका हुन् ।