राजधानी काठमाडौं उपत्यकामा बिहीवार थप ६ हजार ९८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार राजधानीको काठमाडौं जिल्लामा ५ हजार १, ललितपुरमा १ हजार १३० र भक्तपुरमा ८५० संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर थप १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २७ हजार ४९७ जनामा परीक्षण गर्दा १२ हजार बढीमा संक्रमण पुष्टि भएको हो ।
कोरोनाले थप ४ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ११ हजार ६३२ पुगेको छ ।