काठमाडौँ– भारतमा थप ६ हजार एक सय २ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ६२ जना कोरोनामुक्त हुँदा २०१ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाखभन्दा कममा झरेको छ । ओर्ल्डोमिटरको पछिल्लो अपडेटअनुसार ८ हजार ९४४ जना गम्भीर विरामी परेका छन् ।